

लामाे दुरीका गाडीमा २ जना चालक नराख्ने ४१ वटा गाडीका चालकलाई कारबाही

काठमाण्डाै – लामो दुरीका यात्रुवाहक गाडीमा दुई जना चालक नराख्ने ४१ वटा गाडीका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
काठमाण्डौको नागढुङ्गामा एपमार्फत जाँच गर्दा दुई जना चालक फेरबदल नभएको पाइएपछि कारबाही गरिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टका अनुसार ट्राफिक कम्युनिकेशन एप्लिकेशनमा सुरुको गन्तव्यमै गाडी चालकको फोटो, लाइसेन्स नम्बर र गाडीको नम्बर अपलोड गरेपछि नागढुङ्गासहित १५ वटा ठाउँमा रहेका जाँच केन्द्रमा डाटा सर्कुलर भएका आधारमा चालक फेरबदल भए/नभएको थाहा हुन्छ ।
२०७५ सालको जेठ २ गतेदेखि सुरु भएको यो जाँच केही समय रोकिएकोमा गएको असोज २ गतेदेखि फेरि सुरु भएको थियो ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ६ को दफा १०४ मा पनि चालकको पालो फेर्नुपर्ने व्यवस्थाअन्तर्गत लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रुवाह सार्वजनिक गाडीमा कम्तीमा दुई जना चालक अनिवार्यरूपमा राखि प्रत्येक छ घण्टापछि पालैपालोसँग गाडी चलाउन लगाउने कर्तव्य यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा गाडी धनीको हुनेछ भनिएको छ ।
तनाव र थकानले दुर्घटनाको जोखिम बढ्ने भएकाले अनिवार्यरूपले लामो दुरीका यात्रुवाहक गाडीमा दुई जना चालकको व्यवस्था गर्न/गराउन सबैको दायित्व हुने प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताउनुभयाे । उज्यालो
December 16, 2022 1:44 am | रोचक,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

