रास्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतले दोस्रो अधिबेशनको अवसर पारेर साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
कुवेत / नेपाली नयाँ बर्ष २०८० को स्वागत गर्दै भब्य साँस्कृतिक कार्यक्रम नेपालका चर्चित अथिति कलाकारहरुको साथमा गरिने संरक्षक बीबी मल्ल ठकुरीले जानकारी दिएका छन । पन्चे बाजा समुहको शुक्रबार फर्वानियामा अध्यक्ष बाबु मल्ल ठकुरीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
आगामी अप्रिल १४ मा सस्थाको दोस्रो अधिबेशन नेपाली नयाँ बर्षको स्वागत नेपालबाट अतिथि कलाकारको साथमा गर्ने निर्णय गरेको हुदा उक्त दिन कुवेतमा रहेका नेपाली संघ सस्था ब्याक्ति बिशेष कसैले पनि अर्को कार्यक्रम नपारिदिनु हुन् समेत संरक्षक बीबी मल्ल ठकुरीले सबैमा अनुरोध गरेका छन । साथै अथिति कलाकारको बारेमा कार्यक्रम हुने स्थान र समय केहि दिन पछि जानकारी गराउने बताईएको छ ।
पन्चे बाजा समुहले कुवेतमा हुने हरेक साँस्कृतिक कार्यक्रमहरुमा पन्चे बाजा घन्काएर कुवेतबासी नेपालीहरुलाई मनोरंजन प्रदान गर्दै नेपाल मै भएको अनुभूति दिलाउदै आएको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।