रास्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतले दोस्रो अधिबेशनको अवसर पारेर साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
कुवेत / नेपाली नयाँ बर्ष २०८० को स्वागत गर्दै भब्य साँस्कृतिक कार्यक्रम नेपालका चर्चित अथिति कलाकारहरुको साथमा गरिने संरक्षक बीबी मल्ल ठकुरीले जानकारी दिएका छन । पन्चे बाजा समुहको शुक्रबार फर्वानियामा अध्यक्ष बाबु मल्ल ठकुरीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
आगामी अप्रिल १४ मा सस्थाको दोस्रो अधिबेशन नेपाली नयाँ बर्षको स्वागत नेपालबाट अतिथि कलाकारको साथमा गर्ने निर्णय गरेको हुदा उक्त दिन कुवेतमा रहेका नेपाली संघ सस्था ब्याक्ति बिशेष कसैले पनि अर्को कार्यक्रम नपारिदिनु हुन् समेत संरक्षक बीबी मल्ल ठकुरीले सबैमा अनुरोध गरेका छन । साथै अथिति कलाकारको बारेमा कार्यक्रम हुने स्थान र समय केहि दिन पछि जानकारी गराउने बताईएको छ ।
पन्चे बाजा समुहले कुवेतमा हुने हरेक साँस्कृतिक कार्यक्रमहरुमा पन्चे बाजा घन्काएर कुवेतबासी नेपालीहरुलाई मनोरंजन प्रदान गर्दै नेपाल मै भएको अनुभूति दिलाउदै आएको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :