यी हुन् महान सासूससुरा जसले बिधुवा बुहारीको गरिदिए धुमधामसंग बिहे !
बुहारी बनाएर घर भित्र्याएका पौडेल परिवारले उनै बुहारीलाई छ वर्षपछि छोरी बनाएर अन्माएका छन् । कनकाई नगरपालिका–५ तुलसीबारी निवासी धनपती पौडेलले साविक पथरिया गाविस निवासी हरिप्रसाद काफ्ले र विष्णुमाया काफ्लेकी छोरी धनमाया (आशा) काफ्लेलाई बुहारी बनाएर छ वर्षअघि घर भित्र्याएका थिए । धनपती र टीकामाया पौडेलका छोरा प्रकाशसँग धनमायाको विवाह भएसँगै पौडेल परिवारले धनमायालाई बुहारीका रुपमा भित्र्याएका थिए । तर, विवाहको छोटो समयमै प्रकाशको निधन भएको थियो । प्रकाशको निधनपछि परिवारकै सहमतिमा धनमायाको विवाह आज सोही ठाउँ निवासी लेखनाथ मिश्रसँग गरिदिएका छन् ।

धनमायाको विवाह सामाजिक परम्पराअनुसार नै कनकाई नगरपालिकाको कोटीहोमस्थित मिश्र समाज सेवा समितिको मन्दिर परिसरमा गरिएको छ । वैवाहिक समारोहमा सरिक हुनुभएका कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोख्रेलको बेहुलाबेहुलीलाई वैवाहिक जीवनको शुभकामना दिदैं पौडेल परिवारले समाजमा प्रशंसनीय काम गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपाली समाजले परम्परागत र रुढीवादी संस्कारबाट मुक्ति पाइरहेको उदाहरणका रुपमा यो विवाहलाई लिन सकिन्छ ।” पतिको मृत्युपछि पनि महिलाले दोस्रो विवाह गरेर आफ्नो जीवनयापनलाई सहज बनाउन पाउनुपर्ने मान्यतालाई स्वीकारेर पौडेल परिवारले समाजमा राम्रो कामको शुरुवात गरेको छ नगरप्रमुख पोखरेलले भन्नुभयो, “यस्ता कार्यलाई समाजले प्रोत्साहन गर्न सकेमात्रै समाज समृद्धिको बाटोमा जान्छ ।”

बुहारीलाई बेहुली बनाएर छोरीका रुपमा अन्माउन पाउँदा आफूलाई सन्तुष्टि मिलेको धनमायाका ससुरा पौडेलले बताउनुभयो । “घरमा नहुनुपर्ने घटना घट्यो बुहारीले छोराको साथ लामो समय पाउन सकिनन्,” पौडेलले भन्नुभयो, “उनलाई यो उमेरमा त्यसै राख्नुभन्दा उनको भविष्यलाई हेरेर विवाह गरिदिएको हुँ ।” बेहुला मिश्रकी श्रीमती मुनाको करीब अढाई महिनाअघि पाठेघरको क्यान्सरका कारण मृत्यु भएको थियो । उनको एक छोरा छन् । यता बेहुली धनमायाको पनि एक छोरी छिन् ।
July 13, 2018 11:56 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी