श्रीमानलाई क्यान्सर भएको खुलेपछि श्रीमतीले जागिर थालिन्, शंकालु श्रीमानले हत्या गरिदिए !
क्यान्सर पीडित एक श्रीमान्ले शंकाकै कारण आफ्नी श्रीमतीको हत्या गरेका छन् । ती श्रीमानले घरको छलमा श्रीमतीको घाँटी चक्कुले रेटेर हत्या गरी फरार भएका छन् । बुधबार राती घरको छतमा सुतिरहेकी श्रीमतीलाई मारेर उनी फरार भए । ती श्रीमानलाई क्यान्सर भएको ६ महिना पहिले थाहा भएको थियो । त्यसपछि उनको उपचारको खर्च जुटाउन भन्दै महिला आफ्ना दाजुको घरमा बसेर जागिर गरिरहेकी थिइन् ।
घटना भारतको नोएडाको हो । जागिरका क्रममा ती महिलाले कम्पनीका केही पुरुष कर्मचारीसँग कुरा गर्थिन् । यही कुराले उनका पतिले उनीमाथि शंका गरेका थिए । यही कारण उनको हत्या गरे । ममता नाम गरेकी ती महिलाको बिहे अजय नामका युवकसँग भएको थियो । मृतक ममताका दाजु राहुलले अजयविरुद्ध प्रहरीमा किटानी जोरी दिएका छन् । प्रहरीले आरोपीको खोजी भइरहेको जनाएको छ ।
राहुललाई क्यान्सर भएको थाहा पाएपछि ममता निकै चिन्तित भएको दाजु राहुलले बताएका छन् । उनको उपचार खर्च जुटाउनकै लागि ममताले जागिर गर्ने इच्छा देखाएकी थिइन् । त्यसपछि उनी ३ महिना पहिले आफ्ना छोरा र छोरीसँगै दाजुको घरमा आएर जागिर गर्न थालेकी थिइन् । राहुलका अनुसार केही पैसा जम्मा गरेपछि एक हप्ता पहिले ममताले आफ्ना पतिलाई उपचारको लागि बोलाएकी थिइन् । बुधबार दिल्लीको एम्स अस्पतालमा उपचारको लागि जानुपर्ने थियो ।
ममताले जागिर गरेको विषयमा केही दिनदेखि उनीहरुको विवाद भएको थियो । मंगलबार राती २ बजे उनीहरु कुरा गर्दै थिए । यत्तिकैमा गर्मी भएपछि उनीहरु छतमा सुत्न गए । बुधबार बिहान ५ बजे ममताले जोडले चिच्याएको आज सुनेपछि अन्य सदस्य छतमा गए । त्यही बेला अजय दौडिँदै छतबाट तल ओर्लेर भागे । छतमा ममता रगताम्य थिइन् । उनलात्इ तत्काल अस्पताल लगियो जहाँ डाक्टरले उनलाई मृत घाषित गरे ।
July 13, 2018 12:42 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :