मन थामेर पढ्नुहोस,गाई पाले दुध दिन्छ, भैसी पाले मोहि, हिजो मैले छोरो पाले, के पाएत खै ?
गाई पाले दुध दिन्छ , भैसी पाले मोहि, हिजो मैले छोरो पाले,के पाएत खै ? रुख हुर्काए फल दिन्छ,कुखुरा हुर्काए मासु, छोरा छोरी हुर्काएर , आखा भरी आसु । उठन बस्न सक्दिन ,पापी पेट रुन्छ , नत छोरा न बुहारिले,मेरो कुरा सुन्छ । कहिले आउला काल भनी, दिनहरु गन्छु, छोरा तैले न्याय पायस,अन्न्याय म सहन्छु।९ महीना सम्म आमाले हामीलाई पेटमा पाल्छिन । गर्भावस्था भरी वाकवाकी सहन्छिन । खुट्टा सुन्याई-सुन्याई पेटको छाला तन्किन्जेल सम्म बोक्छिन । दुख, पिंडा, आंसू, पसीना, र रोदन सहेर पनि हामीलाई केहि नहोस भनेर ध्यान दिन्छिन।
सिंडी चड्डा गार्हो हुन्छ , जुत्ता लगाउन झुक्न सक्दिनन तैपनि पेटको नानीलाई केहि नहोस भन्ने चाहन्छिन । सूत्दा कोल्टे परेर सुत्छिन । पेट भित्र नानीले हानेको लात्तीले उनको निंद्रा बिगारिदिन्छ । पेट भित्र बच्चा चल्दा उनको भोक उड्छ। त्यसपछि मुटु फूटने व्यथा सहेर हामीलाई जन्माउँछिन । ऊनि हाम्रो नर्स बन्छिन छाती को दशधारा दूध चुसाएर हुर्काउछिन।
ऊनि हाम्रो भान्से बान्छिन ! ऊनि हाम्रो नोकर बान्छिन । पुलिस बनेर सुरक्षा दिन्छिन । गुरूआमा बनेर क ख रा शिकाउछिन , ड्राइभर बनेर घुमाउन लैजान्छिन। फ्यान बनेर प्रसंसा गर्छिन । साथी बनेर माया गर्छिन। हाम्रो लगी संघर्ष गर्छिन, रुन्छिन् कराउछिन, अरुसंग झगड़ा गर्छिन ।खांदा, पिउदा, घुम्दा नानी पाहिले भनेर बच्चालाई पहिलो प्राथमिकता दिएर मात्र आफु खान्छिन हाम्रो लागी अहोरात्र खट्छिन । डॉक्टर बनेर स्वास्थ्य को ध्यान राख्छिन। तैपनि यसको बदलामा केहि माग्दीनन तर आजका छोरा-छोरीहरु यसको बदलामा बूडाभएका बा-आमा लाई बृद्धाश्रम पठाउँछन् ।
July 14, 2018 11:16 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।