नेपाल कुवेत साँस्कृतिक मन्चले चर्चित राष्ट्रिय लोक दोहोरी गायिका “पूर्णकला बीसी”को साथमा तिज मनाउने
कल्पना मगर / ११ जुन कुबेत, “हाम्रो संस्कृति, हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबै भन्दा पुरानो सांगीतिक संस्था नेपाल कुवैत सांस्कृतिक मञ्चले आफ्नो २३ औं प्रस्तुती स्वरुप नेपाली नारीहरुको महान पर्वको पावन अवसरमा हरितालिका तिज विशेष सास्कृतिक कार्यक्रम आगामी ०६ सेप्टेम्बर २०२४ का दिन चर्चित राष्ट्रिय लोक दोहोरी गायिका “पूर्णकला बीसी”को साथमा कुवेतको जिलिपस्थित एस्पाएर ईन्डियन स्कुल को सभाहलमा मनाउने भएको छ।
नेपाल कुवेत साँस्कृतिक मञ्चले स्थापना कालदेखी हरेक बर्षहरुमा नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज बिशेष सांगितिक धमाका गर्दै आएको छ। नेपाली कला र संस्कृतिको जगेर्णा तथा सांगीतिक मनोरन्जन प्रदान गर्ने नेपाल कुवेत साँस्कृतिक मञ्चको प्रतिबद्धता रहेको समेत जनाएको छ । उक्त कार्यक्रममा चर्चित लोकदोहोरी गायिका “पूर्णकला बीसी”को साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । भने चर्चित लोकदोहोरीगायिका “पूर्णकला बीसी” ले आफ्नो धमाकेदार प्रस्तुति लिएर आउने संस्थाका अध्यक्ष गोबिन्द बरालले जानकारी गराउनुभएकोछ ।
तिज विशेष साँस्कृतिक कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न कुवेतमा कृयाशिल नेपाली संघ संस्था, पत्रकार, खेलाडी, समाजसेवी, वुद्धिजीवि लगायत कुवेतमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दै उक्त दिन कुवेतमा कृयाशिल कुनै पनि संघ संस्थाहरु लाई कार्यक्रम नजुधाइदिनुहुन पनि मञ्चले हार्दिक अनुरोध गरेको छ ।
कार्यक्रम विवरण
कार्यक्रम :- हरितालिका तिज विशेष सांस्कृतिक कार्यक्रम
मिति :- ०६ सेक्टेम्वर २०२४, शुक्रबार
समय :- मध्यान १२:०० बजे बाट
स्थान :- एस्पाएर ईन्डियन स्कुल, जिलिब, कुवेत
आयोजक :- नेपाल कुवेत सांस्कृतिक मन्च
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी