नेपाल पत्रकार महासंघ केन्द्रकाे निर्वाचन प्रकृयामा वञ्चित गरिएकोमा वैदेशिक शाखाहरुको संयुक्त विरोध !
कुवेत- पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघ केन्द्रकाे निर्वाचन प्रकृयामानिर्वाचन प्रकृयामा वञ्चित गरिएकोमा वैदेशिक शाखाहरुले संयुक्त विरोध गरेका छन् । असार १४ गते प्रकाशित अन्तिम नामावलीमा प्रवास/वैदेशिक शाखाका सदस्यहरुलाई निर्वाचन प्रकृयामा बन्चित गरिएकोमा हामी प्रवास शाखाहरु आपत्ति प्रकट गर्दै यस अलोकतान्त्रिक कदमको घोर बिरोध गरेका छन् ।
नेपाल पत्रकार महासंघको बिधानको परिच्छेद ५ को दफा १६ को उपदफा ४ अनुसार निर्वाचनमा सम्पूर्ण सदस्यहरुले मत हाल्न पाउनु पर्ने स्पष्ट प्रावधान हुँदा-हुँदै बिभिन्न बहाना बनाएर प्रवास शाखाका सदस्यहरुलाई वञ्चित गर्नुले निर्वाचनको बैधता माथि प्रश्न उठेको छ। बिभिन्न जोखिमहरु मोलेर विदेशमा रहेका ५० लाख नेपालीहरु बिच पत्रकारिता गर्दै आईरहेका सयौं पत्रकारहरुलाई गरिएको यो उपेक्षा कुनै हालतमा पनि सैह्य हुँदैन।
महासंघका अध्यक्ष लगायत पदाधिकारीहरुलाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि लोकतन्त्रको पहरेदार रहेको संस्थाले आफ्ना सदस्यहरुलाई मतदान प्रकृयामा बन्चित गरेर गरेको निर्वाचन लोकतन्त्रको मुल्य र मान्यता बिपरित हुने भन्दै वैदेशिक शाखाहरुले संयुक्त विरोध गरेका छन्।
तसर्थ, आगामी असार २२ गते हुने भनिएको उक्त निर्वाचनमा प्रवास शाखाका सदस्यहरुलाई तत्कालको लागि शाखाले सिफारिस गरे बमोजिम वा नेपालमा सम्बन्धित शाखाहरु मार्फत निर्वाचन प्रकृयामा सामेल गर्न गराउन प्रेस विज्ञप्ति मार्फत अनुरोध गरेका छन्।
बोधार्थ :-
– नेपाल पत्रकार महासंघ,केन्द्रीय समिति – केन्द्रीय निर्वाचन समिति
– प्रेस चौतारी नेपाल
– नेपाल प्रेस युनियन
– प्रेस सेन्टर नेपाल
– समाजबादी प्रेस संगठन नेपाल
– क्रान्तिकारी प्रेस संगठन नेपाल
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी