Thursday 19th September 2024

पाँचौं मिस्टर काठमाडौं’ प्रकाश राईको निधन

2 days अगाडी

काठमाडौं । पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको छ ।

बुधबार बिहान ६ बजेतिर ४५ वर्षीय राईलाई असहज भएपछि ग्रान्डी अस्पताल लगिएको थियो । उपचारको क्रममा ७ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

उनको मृत्युको कारण खुलिनसकेको प्रहरीले जनाएको छ । आफन्त आएपछि थप प्रक्रिया अघि बढ्ने प्रहरी वृत्त महाराजगन्जले जनाएको छ ।

फोनिक्स फिट्शालाका राईले गत शनिबार काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न भएको प्रतियोगितामा ७५ केजीमाथि तौल समूहमा मिस्टर काठमाडौंको उपाधि जितेका थिए । रिपोर्ट्स नेपाल

          September 18, 2024 1:40 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...