एनआरएनए कुवेत भलिबल कप २०२४ “को उपाधि लुम्बिनीलाई
कुवेत, एनआरएनए एनसिसि कुवेतद्वारा आयोजित भलिबल कप प्रतियोगितामा लुम्बिनी समाज नेपाल कुवेतले उपाधि जितेको छ। प्रतियोगितामा दुई भुटानी टोलीसहित १३ टिमले सहभागिता जनाएको थिय। यस क्रममा, कल्याणकारी नेपाली युवा समाजले दोस्रो स्थान र निरेम ग्रुपले तेस्रो स्थान प्राप्त गरेको थियो

प्रतियोगितामा एनआरएनए एनसिसि कुवेतका अध्यक्ष रणध्वज लामाको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो। प्रमुख अतिथि नेपाल राजदूतावास कुवेतका राजदूत घनश्याम लम्साल थिए भने विशेष अतिथिमा भुटानी राजदूत चितेम तेनजिनको उपस्थिति रहेको थियो। कार्यक्रममा दुवै देशका दूतावास परिवार र स्थानीय संघसंस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति थियो।

कुवेतको भलिबल इतिहासमा सबैभन्दा ठूलो धनराशि पुरस्कार प्रदान गरिएको यस प्रतियोगिताले खेलाडीहरूलाई उच्च हौसला प्रदान गरेको छ। यसले भलिबल खेलप्रति चासो र लोकप्रियता बढेको समेत देखाएको छ।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई आभार प्रकट गर्दै एनसिसि कुवेतका उपाध्यक्ष तथा खेलकुद विभाग प्रमुख विकास सिंह ठकुरीले आगामी दिनहरूमा पनि यस्ता खेलकुद गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
September 15, 2024 9:33 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन