Tuesday 23rd December 2025

आफ्नो कुकुरको मृत्युको वियोगमा खोलिएको स्नेहाज केयर, जसले सयाैं कुकुरलाई जीवनदान दिन्छन !

7 years अगाडी

स्नेहाज केयर कुनै सरकारी सेल्टर होइन । यो त काठमाडौंकी स्नेहा श्रेष्ठले आँफुले पालेकी कुकुरको मृत्यु भएको वियोगमा सञ्चालनमा ल्याएको संस्था हो जसले सयाँै कुकुरलाई नवजिवन दिइरहेको छ । स्नेहा श्रेष्ठले आफ्नो घरमा भएको कुकुरको राम्रोसँग ख्याल नगर्दा गुमाउनु प¥यो । त्यो पश्चाताप उनले पालेकी अर्को कुकुर छिमेकीहरुले बिष खुवाएर मारिदिए । हो त्यसपछि नै हो उनको मन सडकमा बेवारीसे घाइते बिरामी कुकुरको स्याहारमा केन्द्रीत भएको हो ।अहिले यहाँ सभ्र्रान्त परिवारले शोखका लागि पाल्ने महंगा प्रजातीका कुकुर देखि सडकमै जन्मिएर हुर्किएका कुकुर छन् । कुकुर स्वास्थ हुँदासम्म घरमा राख्ने तर बिरामी भएपछि उपचार गर्नु भन्दा सडकमा छोडिदिएका कुकुर देखि सडकमा दुर्घटनामा परेका कुकुरले यहाँ नयाँ जीवन पाएका छन् । यहाँ भएको १ सय ७५ ओटै कुकुरको आ आफ्नै कथा छन् ।

यो कुकुरको नाम डाक्टर । २ वर्ष अघि इमाडोलमा एक वरिष्ठ अर्थोपेडिक डक्टरको गाडीले यसलाई घाइते बनाएको थियो । स्नेहाज केयरले यसको उद्धार गरी उपचार ग¥यो । तर यसलाई ठक्कर दिने डाक्टरले उपचार त के उपचारको कुरा गर्दा उल्टो धम्काए । ती डाक्टर खुसी छन् या छैनन् तर तीनै डाक्टरको सम्झनामा नाम राखिएको यो डाक्टरले भने नयाँ जीवन पाएर फुरुङग छ ।अनि यो मीरा । एक बर्ष अघि नख्खुमा आँखा नखुल्दै बेवारीसे अवस्थामा भेटिएपछि उद्धार गर्न खोज्दा निकै कुदेपछि यसको नामनै मीरा राखिएको रहेछ । अहिले उ पनि स्वस्थ छ । यो चाँही कोपिला । शरीरको सबै छालामा किरा परेको अवस्थामा २ वर्ष अघि कलकीबाट उद्धार गरेको यो कुकुरले अहिले धेरै कुकुरको ज्यान जोगाएको छ ।

काठमाडौंमा घाइते कुकुरहरुलाई रगत आवश्यक प¥यो भने कोपिला सधै तयार हुन्छ । अनि यो ट्रिनिटि, यसका ३ वटा मात्रै खुट्टा छन् । ३ बर्ष अघि भक्तपुरमा बसले किचेर एउटा खुट्टा गुमाएको थियो उसले । उसको सुरुमा उपचार गर्दा क्लिनिकको लापरवाहीका कारण खुट्टा गुमाएको थियो ।स्नेहाजमा आउँदा सबै कुकुर बिरामी, घाइते अवस्थमा हुन्छ । उनिहरुको उपचारको लागि २ जना पशु चिकित्सकहरु छन् । अधिंकाश कुकुरको उपचार पछि छोडिदिने गरिएको छ । तर कतिपय कुकुर स्नेहाज छोडेर जान मान्दैन । मासिक ५ लाख बढी खाना खर्च नै लाग्ने भएपनि स्नेहाजको कुनै स्थायी आयस्रोत छैन । स्नेहा श्रेष्ठको व्यक्तिगत कमाई र सहयोगदाताको भरमा अहिलेसम्म चलिरहेको छ । कुकुर किन्नु भन्दा सेल्टरमा रहेका कुकुहरुलाई निशुल्क अपनाउन स्नेहा आग्रह गछिन् । स्नेहाजमा सबै खाले कुकुर छन् । उनिहरु रमाएको देख्दा सबै बेवारीसे देखिने कुकुर प्रतिको नकरात्म धारण परिर्वतन हुन्छ ।

          July 27, 2018 9:26 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...