जीप भासिएको ठाउँमा भूगर्भविद्को टोलीले अध्ययन राेक्याे
11 months अगाडी
manoj Thapa
काठमाण्डाै – मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको गौरीगाउँमा जीप भासिएको ठाउँबारे अध्ययन गर्न गएको भूगर्भविद्को टोलीले काम रोकेको छ ।
खानी तथा भूगर्भ विभागका भूगर्भविद्को टोलीले हिजोदेखि स्थलगत अध्ययन शुरू गरेकोमा आज दिउँसो गाडी दबिएको ठाउँ वरपरका जमिन पनि भासिन थालेको भन्दै अध्ययन स्थगित गरेका हेटौँडा उपमहानगरपालिकाले जनाएको छ ।
तीन दिनसम्म प्रहरी र स्थानीयवासीले खोजी गर्दा जीप नभेटेपछि हेटौँडा उपमहानगरपालिकाले भूगर्भविद्लाई बोलाएको थियो । जीप भासिएको ठाउँमा निकै ठूलो दलदल बनेको र वरपरसमेत भासिँदै तल खस्न थालेको भूगर्भविद्को भनाइ छ ।
टोलीले जीप दबिएको भनिएको ठाउँमा धातुजन्य वस्तु छ भन्ने यकिन गरेका छन् । उनीहरूले गाडी बेपत्ता भएको ठाउँमा धातु पत्ता लगाउने उपकरण जमिनभित्र पठाएर अध्ययन गरेका हुन् । उज्यालो
May 7, 2025 10:53 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
Loading...