जीप भासिएको ठाउँमा भूगर्भविद्को टोलीले अध्ययन राेक्याे
7 months अगाडी
manoj Thapa
काठमाण्डाै – मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको गौरीगाउँमा जीप भासिएको ठाउँबारे अध्ययन गर्न गएको भूगर्भविद्को टोलीले काम रोकेको छ ।
खानी तथा भूगर्भ विभागका भूगर्भविद्को टोलीले हिजोदेखि स्थलगत अध्ययन शुरू गरेकोमा आज दिउँसो गाडी दबिएको ठाउँ वरपरका जमिन पनि भासिन थालेको भन्दै अध्ययन स्थगित गरेका हेटौँडा उपमहानगरपालिकाले जनाएको छ ।
तीन दिनसम्म प्रहरी र स्थानीयवासीले खोजी गर्दा जीप नभेटेपछि हेटौँडा उपमहानगरपालिकाले भूगर्भविद्लाई बोलाएको थियो । जीप भासिएको ठाउँमा निकै ठूलो दलदल बनेको र वरपरसमेत भासिँदै तल खस्न थालेको भूगर्भविद्को भनाइ छ ।
टोलीले जीप दबिएको भनिएको ठाउँमा धातुजन्य वस्तु छ भन्ने यकिन गरेका छन् । उनीहरूले गाडी बेपत्ता भएको ठाउँमा धातु पत्ता लगाउने उपकरण जमिनभित्र पठाएर अध्ययन गरेका हुन् । उज्यालो
May 7, 2025 10:53 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...