नेपाल कुवेत साँस्कृतिक मञ्चको तीज विशेष सांगीतिक धमाका २९ अगष्टमा गर्ने
कुबेत “हाम्रो संस्कृति हाम्रो पहिचान” भन्ने मुल नारालाई आत्मसात् गर्दै नेपाल कुवेत साँस्कृतिक मञ्चको २४ औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाका २०२५ कुवेतको जिलिपस्थित एस्पाएर ईन्डियन स्कुलको सभाहलमा नेपालबाट आमन्त्रित अतिथि कलाकार लोकदोहोरी गयिका प्रिती आलेको साथमा मनाउने अध्यक्ष गोबिन्द बरालले मिढिया संग कुराकानीमा बताए।
नेपाल कुवेत साँस्कृतिक मञ्चले स्थापना कालदेखी हरेक बर्षहरुमा हिन्दु नेपाली महिलाहरुको महानचाड हरितालिका तिज बिशेष सांगितिक धमाका गर्दै आएको छ।नेपाली कला, सांस्कृतिकको जगेर्ण तथा सांगीतिक मनोरन्जन प्रदान गर्ने नेपाल कुवेत साँस्कृतिक मञ्चको प्रतिबद्धता रहेको जनाएको छ। चर्चित लोकदोहोरी गायिका प्रिती आलेको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने बताईएको छ ।
उक्त दिन हुने २४ औं सांगीतिक कार्यक्रममा कुवेतमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरु लाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिन आयोजकले आग्रह गरेको छ। उक्त दिन कुनै पनि संघ सस्थाले कार्यक्रम नजुधाई दिन समेत आयोजकले आग्रह गरेका छन। स्थापना कालदेखि कुबेतमा स्थापित संघ-संस्थासंग हातेमालो गर्दै थुप्रै समाजिक काम गर्दै आइरहेको छ।
कार्यक्रमको विवरण:
मिति :- अगष्ट २९ तारिक २०२५ शुक्रबार
स्थान :- अस्पाएर ईण्डियन सेन्टरल स्कुल, जिलिप
आयोजक :- नेपाल कुवेत साँस्कृतिक मञ्च
June 2, 2025 10:45 pm | लोकप्रिय
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
चुनावी प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १९ अर्ब १५ करोड बराबरको स्रोत सहमति
चुनाव र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह
तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम २७ मार्च २०२६ मा हुने ।
चुनावमा खटिने कर्मचारीका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा
सुदूरपश्चिमेली नेपाली समाज कुवेतको अध्यक्षतामा महेश कुमार चयन
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सेनाका उपकरण र साइबर प्रहरी परिचालन