वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण
काठमाण्डौ – पर्साको वीरगञ्जमा अहिले सम्म एक सय ३६ जनामा हैजा पुष्टि भएको छ । यसमध्ये ५६ जना उपचारपछि डिस्चार्ज भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत धनी सिंहले जानकारी दिनुभयो । गएराति थप एक सय १४ जना झाडापखालाका विरामी अस्पताल भर्ना भएका छन् ।
अहिलेसम्म झाडा पखालाका पाँच सय ३९ बिरामीहरु भर्ना भएकोमा एक सय ३६ जनामा हैजा देखिएको हो । दुई सय ८३ जनाको विभिन्न अस्पतालहरुमा उपचार भईरहको छ । झाडा पखालाका दुई सय ५७ जना बिरामी उपचारपछि घर फर्किएको जनस्वास्थ्य अधिकृत सिंहले जानकारी दिनुभयो । महानगरमा हैजा नियन्त्रणका लागि तीनवटै तहका सरकार सक्रिय छन् । जनचेतनामुलक कार्यक्रमहरु पनि भईरहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
सरकारले हैजा नियन्त्रणउन्मुख रहेको दाबी गरेको छ । पानीका स्रोतको शुद्धीकरण, जनचेतना र औषधीसहितको दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने सरकारले नीति लिएको छ । संघीय तथा जनसंख्या मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा सङ्घीय सरकार, प्रदेश तथा पालिका सरकार र विश्व स्वास्थ्य सङ्गठनको टोली खटिएर काम गरेकाले हैजा नियन्त्रणउन्मुख अवस्थामा आएको जनाएको छ । उज्यालो
August 28, 2025 3:44 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।