क्यान्सर पीडित अनिलको ज्यान बचाइदिन सहयोगको अपिल
स्याङ्जा : स्याङजाको चापाकोट नगरपालिका वडा नम्वर १० वारिकुनाका २३ वर्षिय अनिल नेपालीलाई ब्लड क्यान्सर लागेपछि अहिले काठमाण्डौँस्थित टिचिङ अस्पतालमा उपचार गराईरहेका छन् । उनको स्वास्थ्यमा अहिले क्रमिक रुपमा सुधार भईरहको छ ।
चार दाजुभाईका कान्छा अनिल दाजुभाई अंशबण्डा गरेर छुट्टिएपछि आमाबाबुको जिम्मेवारी लिएर वैदेशिक रोजगारको लागि मलेसिया गएका थिए । बुबा थम बहादुर सार्कीको मृगौलाको क्यान्सर रोग निको पार्ने सपना बोकेर मलेसिया पुगेका उनी आफै बिरामी परेपछि फर्केर आए । एकवर्ष अघि नेपाल फर्किएपनि सामान्य उपचार गराईरहेका उनलाई निको नभएपछि उपचारको लागि टिचिङ अस्पताल पुगे । ३ महिना पहिले उपचारका क्रममा ब्लड क्यान्सर देखिएपछि उनी अहिले उपचारकै क्रममा अस्पतालमा छन् । उनलाई ४ वटा केमो चढाईसकेको र अझै २ वटा केमो दिनुपर्ने भएकाले आफूसँग खर्च जुटाउन धौ धौ परिरहेको अनिलका बुबा थमबहादुर सार्कीले बताउनुभयो ।
एउटा केमोको ५६,००० हजार पर्दछ । डाक्टरले समयमा नै उपचार गराए रोग निको हुने सल्लाह दिएपछि छोरालाई अस्पतालमा भर्ना गरी उपचार गराई रहनु भएको छ । उपचार गर्न १२ लाख खर्च लाग्ने डाक्टरले बताए पछि ऋण गरी रु ४ लाख र सहयोग रकमबाट प्राप्त हुन आएको रु ३ लाख गरी अहिले सम्म ७ लाख खर्च भईसकेको बताउनु भयो ।
यस अघि स्याङ्जाको चापाकोट नगरपालिका वडा १० बारिकुनाका २३ वर्षीय अनिल नेपाली बल्ड क्यान्सर, परिवारद्धारा सहयोगको याचना शिर्षकमा मिति २०७५ जेठ ६ गते कालीगण्डकी खबर डट कममा समाचार प्रकाशित गरेपछि अहिले सम्म रु ३ लाख सहयोग रकम अनिलको बुबाको खातामा जम्मा भएको अनिल नेपाली बचाऊ अभियानमा सक्रिय भएर लाग्नु हुने अभियनता अमृतराज भण्डारीले हामीले जानकारी दिनुभयो । उपचार गर्न अझै ५ लाख रकम अवश्यक पर्ने भएपछि उहाँले अहिले सबैलाई सहयोगको लागि अनुरोध गर्नु भएको छ।
कालीगण्डकी खबरले यस अघि सहयोग गर्नेहरु सम्पूर्ण व्यक्तिहरुको सहयोग रकम सहितको विवरण प्रकाशित गरेको थियो भने अहिले सहयोग गर्नेहरुको विवरण र सहयोग रकम समेत कालीगण्डकी खबरबाट प्रकाशित हुने व्यहोरा समेत सबैलाई जानकारी गराउदँछौ ।
अनिल नेपाली लाई सहयोग गर्न वा थप विवरण लिनको लागि
खाता नम्बर : खाता नं. ०२८०१९००६७२१४९०००००१
बैक : गरिमा विकास बैकं
अनिल नेपाली का बुबा : थम बहादुर सार्की ९८०५८५०६००,९८४६७०१७२५
अभियानमा सक्रिय भएर लाग्नु हुने अभियनता अमृत राज भण्डारी ९८५१०१९०५१
July 28, 2018 4:04 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ