चुनावी प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १९ अर्ब १५ करोड बराबरको स्रोत सहमति
काठमाण्डौ – अर्थ मन्त्रालयले चुनाव प्रयोजनका लागि कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरेको छ । यसमध्ये ६ अर्ब ३६ करोड रुपैयाँ निकासा भइसकेको अर्थ मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
आउँदो फागुन २१ मा हुन लागेको चुनावका लागि निर्वाचन आयोगलाई गएको कात्तिक १८ मा ४ अर्ब ९६ करोड ६६ लाखको स्रोत सहमति दिइएको थियो । त्यसपछि मंसिर २० मा थप १ अर्ब ७७ करोड ९० हजार बराबरको स्रोत सहमति दिइएको अर्थ मन्त्रालयको तथ्याङ्क छ ।
अहिलेसम्म निर्वाचन आयोगलाई मात्र ६ अर्ब ३१ करोड निकासा भैसकेको छ । प्रतिनिधिसभा सदस्य चुनावको व्यवस्थापनमा केन्द्रित स्रोत सहमति र निकासालाई मन्त्रालयले प्राथमिकता दिएको देखिन्छ ।
त्यसैगरी, राष्ट्रिय अनुसन्धान विभागलाई कात्तिक १३ मा दुई करोड ८० लाख र नेपाली सेनालाई सुरक्षा उपकरण खरिदका लागि मंसिर २८ मा चार करोड ४२ लाख ५० हजार बराबर स्रोत सहमति दिइएको छ ।
गृह मन्त्रालय तथा अन्तर्गतका निकायलाई प्रतिनिधिसभा चुनावका लागि १० अर्ब ३९ करोड ३४ लाख बराबरको स्रोत सहमति प्रदान गरिएको छ, भने नेपाली सेनालाई चुनाव केन्द्रित चालू खर्चतर्फ एक अर्ब ९४ करोड ६८ लाख ५५ हजारको स्रोत सहमति दिएको तथ्याङ्क छ । उज्यालो
January 30, 2026 4:36 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।