Sunday 26th April 2026

कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध

2 months अगाडी

कुवेत र इराकमा रहेका नेपाली नागरिकहरुले यथाशिघ्र आफ्नो विवरण अनलाइन पोर्टलमा अद्यावधिक गर्न नेपाली दूतावास कुवेतले अनुरोध गरेको छ।

परराष्ट्र मन्त्रालयले मध्यपूर्व क्षेत्रमा रहनु भएका नेपाली नागरिकहरुको अवस्था सम्बन्धी सूचना संकलन गर्नको लागि एक नयाँ पोर्टल सुरु गरेको छ । हालका दिनमा मध्यपूर्वमा विकसित परिस्थितिको सन्दर्भमा नेपाली नागरिकहरुको सुरक्षामा ध्यान दिन र आवश्यक कदम चाल्नको लागि यस पोर्टलको निर्माण गरिएको हो ।

मध्यपूर्वमा रहनु भएका नेपाली नागरिकहरुको अवस्था चाँडो र प्रभावकारी तरिकाले बुझ्नको लागि यो पोर्टल स्थापना गरिएको हो । सबै नेपालीहरुले यथाशिघ्र पोर्टलमा आफ्नो विवरण अद्यावधिक गर्न आग्रह गरिएको छ ।नेपाली नागरिकहरुले आफ्नो व्यक्तिगत र सम्पर्क जानकारी अद्यावधिक गर्दा समस्यामा परेको खण्डमा सरकारले सजिलै सहायता गर्न  सक्ने छ ।
यसको Link निम्नानुसार छः
https://legal.nepalconsular.gov.np/urgent-rescue

          March 4, 2026 4:04 am | सुचना


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...