रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्य, अधिकार तथा पार्टीका नीति र उद्देश्यबारे जानकारी दिन हिजो र आज २ दिन रास्वपाले ललितपुरको एक होटलमा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो ।
अभिमुखीकरण कार्यक्रममा संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण तथा संसदीय समितिहरूको भूमिकालगायतका विषयमा केन्द्रीत छ । त्यस्तै चुनावका बेला नागरिकसँग गरिएको प्रतिबद्धता तथा अब गर्नुपर्ने काम र प्राथमिकताबारे बहस केन्द्रित छ ।
संसदीय अभ्यासका जानकार, संविधानविद्, इतिहासविद्, परराष्ट्रविद् तथा अर्थविद्हरूले पनि अभिमुखिकरण कार्यक्रममा सहजिकरण गर्नुभएको छ । पार्टीका उपसभापति स्वर्णिम वाग्लेले झन्डै दुई तिहाइ बहुमतको विश्वास जोगाउँदै नागरिकको भरोसा कायम राख्नुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रमको पहिलो दिन हिजो पार्टी सभापति रवी लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उपस्थित हुनु भएन । आज भने दुवै नेता कार्यक्रममा उपस्थित हुने रास्वपाले जनाएको छ । अभिमुखिकरण कार्यक्रम आज सकिनेछ । उज्यालो
March 18, 2026 10:42 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।