हराएको ३० वर्षपछि दाहसंस्कार !
सुन्दा अचम्म लाग्ला, हराएको ३० वर्षपछि दाहसंस्कारसँगै काजकिरिया गरियो भन्दा ।
तर सत्य हो ताप्लेजुङको फुङ्लिङ–८ तिनधारेका घिमिरे परिवारले भर्खरैमात्र विधि पु¥याएर पितृ संस्कार गरेका छन् ।
गत आइतबार १३ दिनको काम सकिएको हो । १ श्रीमती, ४ छोरा र २ छोरीले धान्यप्रसादको मृत्यु संस्कार सकिएको छ ।
‘जसरी अरु संस्कार गरिन्छ त्यस्तै नै भयो, कुशको शव बनाएर खोलामा लग्यौं’, छोरी चण्डिकाले भन्नुभयो– ‘बुबाको सम्झना नै हराइसकेको छ, कस्तो हुनुहुन्थ्यो बिर्सिसक्यौं ।’ चण्डिकाभन्दा सानी १ बहिनी र ३ भाइ छन् ।
कृषि सामग्री संस्थान ताप्लेजुङमा कार्यरत उहाँ बढुवा भएपछि चाँगे गाउँ विकास समितिमा जागिर खान जानुभएको थियो ।
आजको नेपाल समाचारपत्रमा यो खबर छ, नयाँ कार्यालयमा केही दिन काम गरेर फर्कने क्रममा उहाँ नाङ्गेमा एकजना प्याकुरेल थरका आफन्तकोमा १ रात बस्नुभएको थियो । पुरानो कार्यालयको काम बाँकी छ भन्दै तमोर पारि जाने भन्नुभएका उहाँ अहिलेसम्म भेटिनुभएको छैन । जेठा छोरा गंगाप्रसाद घिमिरे बुबा हराएपछि धेरै दिन खोज्दा पनि नभेटिएको बताउनुुहुन्छ ।
July 30, 2018 2:47 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :