हराएको ३० वर्षपछि दाहसंस्कार !
सुन्दा अचम्म लाग्ला, हराएको ३० वर्षपछि दाहसंस्कारसँगै काजकिरिया गरियो भन्दा ।
तर सत्य हो ताप्लेजुङको फुङ्लिङ–८ तिनधारेका घिमिरे परिवारले भर्खरैमात्र विधि पु¥याएर पितृ संस्कार गरेका छन् ।
गत आइतबार १३ दिनको काम सकिएको हो । १ श्रीमती, ४ छोरा र २ छोरीले धान्यप्रसादको मृत्यु संस्कार सकिएको छ ।
‘जसरी अरु संस्कार गरिन्छ त्यस्तै नै भयो, कुशको शव बनाएर खोलामा लग्यौं’, छोरी चण्डिकाले भन्नुभयो– ‘बुबाको सम्झना नै हराइसकेको छ, कस्तो हुनुहुन्थ्यो बिर्सिसक्यौं ।’ चण्डिकाभन्दा सानी १ बहिनी र ३ भाइ छन् ।
कृषि सामग्री संस्थान ताप्लेजुङमा कार्यरत उहाँ बढुवा भएपछि चाँगे गाउँ विकास समितिमा जागिर खान जानुभएको थियो ।
आजको नेपाल समाचारपत्रमा यो खबर छ, नयाँ कार्यालयमा केही दिन काम गरेर फर्कने क्रममा उहाँ नाङ्गेमा एकजना प्याकुरेल थरका आफन्तकोमा १ रात बस्नुभएको थियो । पुरानो कार्यालयको काम बाँकी छ भन्दै तमोर पारि जाने भन्नुभएका उहाँ अहिलेसम्म भेटिनुभएको छैन । जेठा छोरा गंगाप्रसाद घिमिरे बुबा हराएपछि धेरै दिन खोज्दा पनि नभेटिएको बताउनुुहुन्छ ।
July 30, 2018 2:47 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ