Tuesday 23rd December 2025

बाबुको दागबत्ती दिएकी छोरीलाई किरिया बस्न दिइएन

7 years अगाडी

पोखरा । कार दुर्घटनामा बाबु गुमाएको पिडा त छदै थियो । त्यस माथी किरिया बस्न खोज्दा नपाएपछि उनि दुःखीत भएकी छन् । पोखरा ६ लेकसाइडका मधु सुवेदीको शुक्रबार राति त्रिशुलीमा कार खस्दा भएको दुर्घटनामा मृत्यु भएको थियो।

शनिबार उनको हिन्दु संस्कार अनुसार दाहसंस्कार गरियो । उनलाई १६ बर्षिया छोरी ममता सुवेदीले उनलाई दागबत्ति दिईन् । तर समाजले उनलाई समाज र आफन्ताहरुले बुबाको किरिया बस्‍नबाट बञ्चित गराइ दिएको छ। मधुको किरिया उनका भाइ हरि सुवेदीले गरेका छन् । काका र भतिजीले सँगै किरिया गर्न नमिल्ने भन्दै ममतालाई किरिया गर्न रोकेका हुन् ।

तर मानवअधिकार कर्मीहरुले चाहीँ महिलाको अस्थित्व स्विकार नगरिएको आरोप लगाएका छन् । ‘बाबुको किरिया बस्न छोरीले पाउनुपर्छ । यहाँ पितृसतात्मक कुरा गरेर छोरीलाई किरिया बस्न दिईएन, गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेशकी प्रमुख विना सिलवालले भनिन्–समाजमा अझै पनि छोरीको अस्थित्व स्विकार गरिएन । यो मानव र महिला अधिकार विपरित काम भयो ।’

‘हाम्रो संस्कारमा छोराले किरिया गर्दा पनि आमा छुट्टै किरिया बस्छन् । छोरीले किरिया गर्दा सँगै काकाले गर्न मिल्दैन, उनले भने–अधिकार भन्दा संस्कार ठूलो कुरा हो । चलिआएको संस्कार मान्नैपर्छ ।’ छोरीले किरिया गर्ने कुराको आफुँले विरोध नगर्ने भन्दै उनले छुट्टै किरिया बस्न आग्रह गरे ।

आमा लक्ष्मी सुवेदीले पनि बुबाको किरिया बस्ने छोरीको इच्छा पुरा नभएको बताइन्। लक्ष्मीले भनिन् ‘छोरीको किरिया बस्ने इच्छा थियो तर पाइनन् । सामाजिक मुल्य मान्यताका कतिपय कुराले बञ्चित गरायो।’ छोरी किरिया बसे आँफुहरुले छोड्ने आफन्तको प्रतिक्रिया पछि ममताले किरिया गरेकी छैनन् ।

          July 30, 2018 4:36 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...