छुरा प्रहार गरी बाबुले गरे छोराको हत्या
भक्तपुर – मोरङ सुनवर्षा नगरपालिका वडा नं १ घर भई लोकन्थली रमाइलो चोकमा डेरामा बस्दै आएका ४० वर्षीय डिल्लीराम चापागाईले मध्यराति आफ्नै छोराको हत्या गरेका छन् । चापागाईँले श्रीमती र छोरी निदाई सकेपछि रातिको ११ः५५ बजे मासु काट्न प्रयोग हुने चुप्पीले निदाइरहेका आफ्नै १७ वर्षीय छोरा सागर चापागाइको घाँटीमा हानेर हत्या गरेका हुन् । प्रहरीका अनुसार मंगलबार राति घरमा झगडा परेको थियो । यसअघि पनि विभिन्न वाहनामा श्रीमतीसँग चापागाईँको झगडा भैरहन्थ्यो ।
चुप्पीले हानेर छोराको हत्या गरेपछि चापागाईँ कोठाबाट भागेका थिए । महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार प्रहरीले चापागाईँलाई कोटेश्वरतर्फ भाग्दै गर्दा पक्राउ गरेको थियो । चापागाईँलाई प्रहरी वृत्त थिमीमा राखेर घटनाको थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक पाेखरेलले जानकारी दिनुभयो । मृतकको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।
August 1, 2018 11:32 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी