छुरा प्रहार गरी बाबुले गरे छोराको हत्या
भक्तपुर – मोरङ सुनवर्षा नगरपालिका वडा नं १ घर भई लोकन्थली रमाइलो चोकमा डेरामा बस्दै आएका ४० वर्षीय डिल्लीराम चापागाईले मध्यराति आफ्नै छोराको हत्या गरेका छन् । चापागाईँले श्रीमती र छोरी निदाई सकेपछि रातिको ११ः५५ बजे मासु काट्न प्रयोग हुने चुप्पीले निदाइरहेका आफ्नै १७ वर्षीय छोरा सागर चापागाइको घाँटीमा हानेर हत्या गरेका हुन् । प्रहरीका अनुसार मंगलबार राति घरमा झगडा परेको थियो । यसअघि पनि विभिन्न वाहनामा श्रीमतीसँग चापागाईँको झगडा भैरहन्थ्यो ।
चुप्पीले हानेर छोराको हत्या गरेपछि चापागाईँ कोठाबाट भागेका थिए । महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार प्रहरीले चापागाईँलाई कोटेश्वरतर्फ भाग्दै गर्दा पक्राउ गरेको थियो । चापागाईँलाई प्रहरी वृत्त थिमीमा राखेर घटनाको थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक पाेखरेलले जानकारी दिनुभयो । मृतकको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।
August 1, 2018 11:32 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :