सक्दो सेयर गर्नुहोस,सरकारसंग रवी लामिछानेको माग: ‘बलात्कार गर्नेलाई आजीवन मिनेट मिनेटमा ब्लेडले चिर्दै अखबरे खुर्सानी दल्दै गर्ने सजायको वेवस्था गरौं’ !
एउटा गम्भीर विषय जसलाई गम्भीरतापुर्वक लिइएकै छैन । समाजमा मौलाएको त्यो विषय हो बलात्कार । एकपछि अर्को बलत्कारको घटनाको समाचार पढेर, सुनेर र हेरेर मात्र बस्न विवश तपाई हामी जस्ता लाचार व्यक्ति रहुन्जेल कुनै पनि घरका छोरी चेलीहरु सुरक्षीत रहदैनन् ।यो कुरा सुनेर तपाईहरुलाई खासै ठुलो प्रभाव परेको छैन थाहा छ । बलात्कारी भनेको बलात्कारी नै हो, हिंस्रक पशु हो । त्यसले कसको छोरी चेलिलाई बलात्कार ग¥यो त्यो ठुलो कुरा होइन । बलत्कारमा परेका हरेक छोरी चेलिहरु तपाईका र मेरा आफ्नै छोरी चेली हुन् । एक छिन् आँखा बन्द गरेर छातिमा हात राखेर, इमान्दारिता पुर्वक कल्पना मात्र गर्नुस् है त । कुनै पापी नरपिचास, दुष्ट दानवले बलात्कार गरेर घाँटी थिचेर मारेर फालेकी चेलिको तस्वीर हो यो ।
यो तस्वीर कसकी छोरीको हो, कसकी दिदिको हो, कसकी बहिनीको हो सायद सबैलाई थाहा छैन होला । म दावाका साथ भन्न सक्छु यो चिन्दै नचिनेकी मान्छेकी छोरी, दिदि बहिनीको तस्वीर देखेर तपाईलाई दुख त लाग्यो तर आँशु झरेन, रिस उठ्यो, तर ज्वाला बलेन, मन दुख्यो र हृदय चरक्क चर्किएन गाली गर्न र अपशब्द बोल्न मन लाग्यो तर रगत उम्लीएन । एकै छिन् कल्पना गर्नुस है त यो तस्वीर तपाई की छोरीको हो, बहिनिको हो, दिदिको हो तपाइको आफ्नै काखमा खेलेकी, काँधमा नाचेकी र ९ महिना पेटमा राखेर दश धारा दुध खुवाएकी आफ्नै छोरीको शरीर हो यो जसलाई यसरी बलात्कार गरेर घाँटी थिचेर मारेर फालिएको छ । एक सेकेण्ड कल्पना गरी हेर्नुस् । कल्पना मात्र गर्दा पनि भाउन्न भएन ? रगत उम्लीएन ? आँखा रसाएन ? मुटु, कलेजो धारिलो छुराले चरचरी रेटे जस्तो भएन ? तर न आत्तिनुस् यो विभत्स लास तपाईको र मेरी छोरी चेलीको होइन ।तपाईका र मेरा छोरी चेलिहरु यतिखेर हाम्रो माया स्नेह, सुरक्षा र स्याहार पाएर रमाई रमाई बाँचिरहेका छन् । टेन्सन लिनु पर्दैन । पीडा त यिनका जन्मदातालाइ्र्र्र भएको छ, परिवार र आफन्तलाई भएको छ, जसले तपाइले र मैले जस्तै यी छोरीलाइ्र्र मायाले हुर्काइरहेका थिए, बढाइरहेका थिए, पढाइरहेका थिए ।
एउटा नरपिचासले इ्रज्जत लुटेर, घाँटी थिचेर, यसरी नफालुञ्जेल यी बा आमालाई पनि लागेको थिएन कि यिनकै घरमा यिनकै छोरी चेलीको यो हालत यिनै आँखाले हेर्नुपर्ने छ । यो समाजमा एउटा मात्र बलात्कारी छैन ।देशका कुना कुनामा छरिएका नरपिचास बलात्कारीहरु अब तपाईको र मेरो घरमा आँखा लगाइरहेका छन् । कारण यो मुलुकमा बलात्कारीलाई दिइने सजायले पापीहरुको मुटु काप्दै काप्दैन । एक त गरिबका छोरीहरुको इज्जत लुट्नेहरु पैसाको बिटो फालेर चौकीमै वा चोक चोकमा भेला भएर मुद्धा राफ साफ गर्छन् दोस्रो अदालत पुगेपनि पैसा दिएर धरौटीमा छुट्टन् वा अर्को नक्कली दोषी खडा गरिदिएर निस्कन्छन् । २, ३, ५, ७, १०, १२, १३्र वर्षे बालिका देखि असाहाय महिला ६५, ७० वर्षे वृद्ध आमाहरु समेत बचेका छैनन्, बलात्कारीको कुदृष्ट्रीबाट ।
तर अपसोच राजनीतिको रंग घुस्यो र राजनीतिक फाइदा हुने भयो भने मात्र विरोध, हड्ताल, हुने समाजमा एउटी घरकी काखे छोरीको विभत्स बलात्कार र हत्या हुँदाको घटनाको इस्युलाई बोक्न कसैलाई खाँचो भएन । यौन पिपासु दानवको कुकृत्यले रगताम्य बालिकाको शरीरको एक थोापा रगतपनि तपाईको राजनीतिक पार्टीको झण्डा रंगाउन प्रयोग भैदिएको भए सायद, सडक र सदनमा आगो बल्थ्यो र त्यही रगतको छिटाले बालात्कारीलाई झुण्डाउने कानुन हिजो लेखिन्थ्यो, आज पास हुन्थ्यो र भोली नै केही दर्जन बलात्कारीहरुलाई सरे आम झुण्ड्याएको दृश्य लाइभ देखाउन पाइन्थ्यो ।तर सुदुर पश्चिमको कञ्चनपुरकी गरिब परिवारकी एउटी निर्मला पन्त लगाएत गत ५ वर्षमा ५ हजार ३०० भन्दा बढी छोरी चेलीहरु बलत्कृत हुदा पनि नपुगेको हो भने भन्नुहोस् कानुनका ज्ञाता महोदयहरु र नीति निर्माता ज्युहरु अझै ककसका घरका छोरीहरुले बलात्कृत भएपछि कडा कानुन बन्छ ? कतै आफ्नै छोरी चेलि नलुटीएसम्म नियम काुनन कडा नबनाउने र आवज चर्के नउठाउने कसम आएर त मौन बसिरहनुभएको छैन ? बालिका बलात्कार गर्नेलाई फाँसीको सजाय होईन आजिवन मिनेट मिनेटमा बिलेटले चिर्दै अखबरे खुर्सानी दल्दै गर्ने सजायको बेवस्था गरौ, तुरुन्तै ।
August 7, 2018 3:24 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :