९४ देशका २९३ जनालाई उछिन्दै यी नेपाली छोरीले जितिन् यस्तो प्रतिष्ठित उपाधि
चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा (टिएचटी) म्याराथनको उपाधि नेपाली धाविका (नेपाली छोरी) सुनमाया बुढाले जितेकी छिन् । बिहिबार बिहान सम्पन्न खेलमा विश्वका ९३ देशका २९३ खेलाडीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन्।सुनमायाले निर्धारित ५५ किलोमिटर दूरी पाँच घण्टा ४४ मिनेट ४९ सेकेण्ड लगाएर पार गर्दै प्रथम भएकी थिइन् भने सात घण्टा दुई मिनेट ४२ सेकेण्ड लगाएर संयुक्त राज्य अमेरिकाकी मेरिडिथ इडवार्डस् दास्रो र सात घण्टा ३६ मिनेट ४२ सेकेण्ड लगाएर चीनकी च्याङपिङ फ्याङ तेस्रो भइन्।
यसअघि उनले हङकङमा ५० किलोमीटर दौड (एसियान स्काईरनिङ) प्रतियोगितामा महिलातर्फ दोश्रो भएकी थिइन् । नेपालकी अर्की धाविका पूर्णलक्ष्मी न्यौपाने उक्त प्रतियोगितामा चौथों भएकी छन्। जुम्लाकी सुनमाया बुढाले ५० किलोमिटरको दूरी ६ घण्टा ५२ मिनेटमा पूरा गरेर दोश्रो भएकी हुन्। सुनमाया बुढा डिसेम्बर २ तारिखका दिन हङकङमै भएको एम्सिग लान्ताउ ५ किलोमीटर भर्टिकल ट्रेल रनिङ तथा हाइकिङ प्रतियोगितामा दोश्रो भएकी थिइन्। उनले ५ किलोमीटरको दूरी ४८ मिनेट ०५ सेकेण्डमा पूरा गरेर दोश्रो भएकी थिइन्। पूर्णालक्ष्मीले यो दूरी ७ घण्टा ४५ मिनेटमा पार गरेकी हुन् । विश्व च्याम्पियनसिपमा भने सुनमाया आठौं र पूर्णालक्ष्मी १८ औं स्थानमा रहन सफल भइन् । विश्वका तीन सय ६७ महिला पुरुष सहभागी मध्ये उनीहरु ८ र १८ स्थानमा आएको कर्णाली स्पोर्ट्स क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले जानकारी दिए ।
विश्वका महिला समूहमा सुनमाया दोस्रो र पूर्णालक्ष्मी न्यौपानेले चौथो स्थानमा रहन सफल भएको क्लबका अध्यक्ष शाहीले बताएका छन् ।महिला तर्फ प्रथम हुने स्वीट्जरल्याण्डकी क्यारोलाईन चाभेरोटले आठ हजार पाँच सय डलर, दोस्रो हुने नेपालकी सुनमाया बुढाले चार हजार पाँच सय डलर, तृतीय हुने फ्रान्सकी मौड गोबर्टले चार हजार डलर, चौथो हुने नेपालकी पूर्णालक्ष्मी न्यौपानेले तीन हजार डलर र पाँचौ हुने केन्याकी सुसन जेम्भटाईले दुई हजार डलर पुरस्कार पाएका छन् ।
August 10, 2018 11:25 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी