बाढी पाहिरोमा परेका नागरिकलाई राजाद्वारा सहयोगको अपील (भिडियो)
रामकृष्ण निरौलाको काजीको घोडाको म्युजिक भिडियो भर्खर मात्र बजारमा आएको छ । ४० बर्ष अघि जतिबेला देशमा स्व. राजा श्री ५ बिरेन्द्रबिक्रम शाह थिए उक्त बेलाको एक साझको कथामा आधारित काजीको घोडा बोल रहेको गीतको म्युजिक भिडियो लाई डस म्युजिक नेपालको युटुब च्यानलले सार्बजनिक गरेको छ ।

उक्त म्युजिक भिडियोमा अध्यनको शिलशिलामा लामो समय देखी अस्ट्रेलियामा कर्मभूमि बनाउदै आएका झापा दमकका डा. रामकृष्ण निरौलाको स्वर रहेको उक्त गीतमा चर्चित टिम भिमफेदी गाइजको प्रस्तुति रहेको छ भने नायिका स्वस्तिमा खड्का, जुना सुन्दास, संजु शाह लगायतले साथ दिएका छन् ।

म्युजिक भिडियो अली फरक अनी पुरानो शैलीमा रहेको छ । गाउँले परिवेस , बाम्मरो झारको ओखती , त्यस समयको रेडीयो , नेपाली हरु जस्तै बिपत्तिमा पनी सामना गर्छन भन्ने कुरा देखाउन खोजियको छ भने सोस्तिमा लाई खुशी पार्न नाचेको कुराहरु उक्त म्युजिक भिडियोमा देख्न पाईन्छ । काजी हरु सबै नराम्रा थिए भन्ने भ्रम चिर्दै काजीहरु सहयोगी पनी थिए भन्ने संदेश दिन खोजेको गायक निरौलाले बताए । कुकुर ,घोडाको अभिनयले म्युजिक भिडियोलाई थप आकर्षण थपेको छ।

भुवन शिवाकोटीको शब्द र आरसी थापाको संगीतमा गीतको भिडियोलाई बिकाश सुबेदीले निर्देशन गरेका छन् भने अनिल के मानन्धरले छायांकन गरेका छन् ।
भिडियो –
August 15, 2018 3:33 pm | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार