नेपालमा ४ वर्षमा ४,४४५ महिला बलात्कृत जान्नु होस एक दिनमा कुन उमेरका कति
प्राप्त तथ्यांक अनुसार नेपालमा हरेक दिन औसत तीनजना महिला बलात्कृत हुने गरेका छन् । अन्य दुई महिलामाथि बलात्कारको प्रयास हुने गरेको छ ।तथ्यांकअनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको सिकार भएका छन् । बलात्कारका घटना हरेक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको तथ्यांक छ ।बलात्कार प्रयासका घटना झन् बढी अर्थात् हरेक वर्ष १६ प्रतिशतका दरले बढेको छ । यो खबर आजको ‘नयाँ पत्रिका’ राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ । बलात्कारीको निसानामा धेरैजसो बालिका पर्ने गरेको प्रहरी तथ्यांकले देखाउँछ । नेपाल प्रहरीको तथ्यांकअनुसार बलात्कृत हुनेमा सबैभन्दा धेरै १० देखि १६ वर्ष उमेरका बालिका छन् ।
त्यसपछि १० वर्षमुनिका बालिका छन् । बालिका र किशोरी मात्रै होइन, वृद्धासमेत बलात्कारको सिकार भएका छन् ।चार वर्षमा मुलुकभर ४ हजार ४ सय ४५ महिला बलात्कृत भए । त्यसमध्ये १० देखि १६ वर्ष उमेरका बालिका १ हजार ३ सय १३ छन् । १० वर्षमुनिका ८ सय २० बालिका बलात्कृत भए ।
१७ देखि १८ वर्ष उमेरका ४ सय ५१ जनामाथि बलात्कार भएको छ । चार वर्षमा बलात्कृत भएका १ हजार ५ सय १६ जना भने २० वर्षमाथिका छन् ।नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापाले बलात्कारका घटना प्रत्येक वर्ष बढ्दै गएको बताए ।‘चार वर्षयताको तथ्यांक हेर्दा बलात्कारका घटना बढेकोबढ्यै देखिन्छ । यस अवधिमा चार हजारभन्दा धेरै पीडित भएका छन्,’ एसएसपी थापाले बताएका छन्।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :