बैतडीको मेलौली नगरपालिकाले विधुर (एकल पुरुष) लाई पनि मासिक भत्ता
बैतडी, १० भदौ । बैतडीको मेलौली नगरपालिकाले विधुर (एकल पुरुष) लाई पनि मासिक भत्ता दिने भएको छ ।नगरपालिकाले चालू आर्थिक वर्षको साउनदेखि ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत मासिक रु एक हजारका दरले भत्ता दिने निर्णय गरेको उपप्रमुख राधा ओझाले बताए ।एकल महिलाजस्तै एकल पुरुष पनि समस्यामा हुने भएकाले उनीहरुलाई दोहोरो भत्ता नहुने गरी भत्ताको व्यवस्था गरिएको हो । उनले भने “नगरपालिकाभित्र असहाय एकल पुरुषहरु पनि रहेकाले उनीहरुलाई बाँच्न सहज होस् भनेर आफूहरुले भत्ता दिने निर्णय गरेको हौं”
उनीहरुको मासिक भत्ताका लागि नगरपालिकाबाट अहिले रु १५ लाख छुट्याइएको नगरप्रमुख कृष्णसिंह नायकले जानकारी दिए । अहिले नगरका नौवटै वडाका विधुरहरुको तथ्याङ्क सङ्कलनको काम शुरु गरिएको छ । एकल पुरुषको तथ्याङ्क सङ्कलन भइरहेको र सोही रकममध्ये अनाथ असहायलाई पनि केही सहयोग गर्ने नगरपालिकाले योजना बनाएको छ ।एकल पुरुषलाई मासिक भत्ता वितरण गर्ने सम्भवतः यो नगरपालिका नेपालकै पहिलो बनेको छ । यसअघि नगरपालिकाले एचआईभी सङ्क्रमित, हेपाटाइटिस, क्यान्सरजस्ता रोगका बिरामीको प्रकृति हेरेर उपचार खर्चसमेत वितरण गरेको थियो ।
August 26, 2018 10:47 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी