Tuesday 23rd December 2025

गोसाइँकुण्डको भेटी सार्वजनिक

7 years अगाडी

रसुवा, १४ भदौ : जनैपूर्णिमा पर्वमा गोसाइँकुण्डमा भक्तजनले चढाएको भेटी सार्वजनिक भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार भक्तजनले चढाएको भेटी नेपाल प्रहरीको रोहवरमा गणना गर्दा रु एक लाख ४१ हजार ६०० सङ्कलन भएको र सो भेटी गोसाइँकुण्ड महादेवका नामबाट खोलिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिको नाममा दाखिला गरिएको हो ।

गोसाइँकुण्ड मेला भर्न आएका सबै तीर्थयात्रु आफ्नो गन्तव्यतर्फ फर्किसकेको र कुण्डदेखि धुञ्चेसम्म मेला भर्ने सबै यात्रु गन्तव्यतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार गोसाइँकुण्ड मेला शान्त वातावरणमा सम्पन्न भएको हो । गोसाइँकुण्ड मेलामा लेक लागी जटिल अवस्थामा पुगेका नौजनालाई नेपाली सेनाले उद्धार गरेको थियो ।

          August 30, 2018 1:01 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...