यस कारण आफ्नै आमाले रद्द गराइन छोरीको प्रेम बिवाह
प्राप्त जानकारी अनुसार एक प्रेम जोडिको बिछोड भएको छ । जाजरकोटमा एक आमाले नै आफ्नी छोरीको प्रेम विवाह रद्द गरेकी छन् । छेडागाड नगरपालिका ९ मा कल्पना रोकायले आफ्नी छोरी १६ वर्षीया राधिकाले गर्न लागेको प्रेम विवाहलाई रद्द गरेकी हुन् । कल्पनाले वडाध्यक्ष गोपाल नेपालीसमक्ष निवेदन दिएपछि राधिकाको विवाह रद्द भएको हो । शेराखहरे कालिका माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत राधिका कोहलपुर नगरपालिका ८ झरकट्टी निवासी १८ वर्षीय प्रेम बुढासँग भागेर कोहलपुर पुगेकी थिइन्।
सामान खरिदका लागि स्थानीय थलह बजार पुगेकी राधिकाले भागेर प्रेमसँग बिहे गरेकी थिइन् । तर, उमेर नपुग्दै छोरीले बिहे गरेको भन्दै कल्पनाले बालविवाह रद्द गराई छोरीलाई फिर्ता ल्याइदिन आग्रह गर्दै वडामा निवेदन दिएपछि उनको विवाह रद्द भएको हो ।निवेदन दिएलगत्तै वडा अध्यक्ष गोपाल नेपाली, वडा बालसंरक्षण समिति, प्रहरीको सक्रियतामा यही भदौ १३ मा उक्त बालविवाह रद्द गदै आफन्तको जिम्मा लगाएको छ।
August 30, 2018 1:31 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :