आयो दुखको खबर ९ महिने शिशुको बलात्कार पछि हत्या , परिवारले दिए यस्तो बयान
एक ९ महिने शिशुको बलात्कार पछि हत्या भएको स्थानियले आशंका गरेका छन् । महोत्तरीमा ९ महिने शिशु लाई बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । आईतबार साँझ महोत्तरीको औरही नगरपालिका वडा नं। १ स्थित आफ्नै फैन्सी पसलमा खेलिरहँदा एक अज्ञात व्यक्तिले बालिकालाई चोरेर भागेका थिए । सोमबार दिउँसो खोजतलासमा निस्केका स्थानीयहरु भँगहा नगरपालिका वडा नं। ७ मेघनाथ गोरहन्ना स्थित आँपको बगैँचामा शव फालिएको अवस्थामा फेला परेको हो ।
पोष्टमार्टम गरेका चिकित्सकले समेत अनौपचारिक रुपमा बलात्कार भएको बताएपनि पोष्टमार्टमको अधिकारिक रिपोर्ट नआउन्जेल शंका मात्र भन्न सकिने बताइएको छ । शवको प्रकृति हेर्दा बलात्का गरिएको बुझिएपनि अधिकारिक पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र पूर्णत पुष्टि र अधिकारिक मानिने जनाइएको छ ।
शव फेला परेपछि पोष्टमार्टमको लागि जलेश्वर अस्पतालमा लगिएको तथा चिकित्सकले ती ९ महिने शिशुलाई बलात्कार गरी घाँटी थिचेर हत्या गरिएको देखिएको छ, तर औपचारिक पुष्टि भने भइनसकेको छ । शिशु उपर बलात्कार गरेर हत्या गरिएको आशंका जिल्ला प्रहरी कार्यालय महोत्तरीले गरेको छ । – अधिकारिक पुष्टि हुन बाँकी छ ।
पोस्टमार्टममा सङ्ग्लन जिल्ला अस्पताल जलेश्वरमा कार्यरत चिकित्सक डाक्टर स्वाती गुप्ताले ती बालिकाको योनाङ्ग र मलद्वारमा कुनै ठोस बस्तुको गहिरो चोट रहेका कारण बालिकाको मृत्यु भएको बताउनुभयो । चिकित्सक गुप्ताको अनुसार शरीरको अन्य भागमा समेत निलडाम रहेको र योनाङ्गमा मलद्वारमा रगतको टाटा समेत देखिएको उहाँले जानकारी दिनुभयो । बच्चा चोरेर लग्ने व्यक्तिको मुखौटा पसलको सिसिटीभी क्यामेरामा पहिचान भइसकेको तथा प्रहरी चारैतर्फ सक्रियता बढाएको जनाइएको छ ।
August 31, 2018 4:17 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।