कञ्चनपुरमा फेरिअर्की किशोरीमाथि सामूहिक बलात्कार
धनगढी – गत साउन १० गते कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटना सेलाउन नपाउँदै कञ्चनपुरमा फेरि एक अर्की किशोरीमाथि सामूहिक बलात्कार भएको घटना आएको छ ।बेल्डाँडी गाउँपालिकामा बिहीबार राति किशोरी बलात्कृत भएकी हुन् । पीडितले इलाका प्रहरी कार्यालय, बेल्डाँडीमा दिएको जानकारी अनुसार उनीमाथि सामूहिक बलात्कार भएको छ ।बेल्डाँडी गाउँपालिकाकी किशोरीमाथि बिहीबार राति सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रहरी प्रमुख सुरेन्द्रबहादुर बमले जानकारी दिए ।
किशोरीका आफन्तले बेल्डाडी प्रहरीमा उजुरी दर्ता गराएका छन । उक्त उजुरीमा चार जनाले सामूहिक बलात्कार गरेको उल्लेख गरिएको छ ।उनले चार जना युवकले किशोरीको बलात्कार गरेको भन्दै उजुरी परेको र घटनालगत्तै ति चारै जना फरार रहेकोले खोजी कार्य तिब्र पारीएको जानकारी दिए । प्रहरीका अनुसार बिहिबारराति किशोरीको घरमा पुजा थियो । सोही मौका छोपेर ति किशोरीलाई युवकले सडकमा बोलाएको र त्यसपछि मोटरसाईकलमा राखेर जबदिया गाउँ लगेर बलात्कार गरेका थिए ।घटनाबारे बुझ्न कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक कुबेर कडायत आफै बेल्डाडी गएका छन् । अहिले बाटोमै रहेका कडायतले भने, ‘म अहिले बाटोमै छु । बलात्कारको घटनाबारे बुझन् आफै टोली लिएर जादैछु । त्यहाँ पुगेपछि के रहेछ सबै कुरा थाहा हुन्छ ।’
August 31, 2018 6:31 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।