अनुभवको प्रेमिका प्रियंका माथि आयुष्मानले आँखा लगाएपछि (हेर्नुहोस् भिडियो)
फिल्म ’नाइँ नभन्नु ल’ सेरिज मार्फत आफुलाई स्थापित गरेका कलाकार अनुभव रेग्मी अभिनित गीत ’मनकी उजेली’ सार्वजनिक भएको छ । पछिल्लो रिलिज फिल्म ’नाइँ नभन्नु ल ५’ मार्फत चर्चामा रहेका अनुभवले म्युजिक भिडियोमा पनि प्रियंका कार्कीसँग स्क्रिन शेयर गरेका छन् । भिडियोमा अनुभव र प्रियंकासँगै आयुष्मान डिएस जोशी पनि फिचर्ड छन् । प्रियंकाको माया पाउने प्रयत्न गरिरहेका आयुष्मानको तगारो भने अनुभव बनेका छन् । म्युजिक भिडियोमा अनुभवलाई केहि भिन्न रुपमा प्रस्तुत गरिएको छ । नारायण भण्डारी ’जनकपुरी’ को शब्द र संगीत रहेको गीतमा दीपक महर्जनको स्वर रहेको छ । सुबोल थापाको कोरियोग्राफी रहेको गीतलाई बुद्ध थापाले छायाँकन गरेका हुन् । बिकाश धमलाको सम्पादन रहेको गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् । जिन्दगी रक्स र फाटेको जुत्ताको समेत निर्देशन गरिसकेका निकेश पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा अगाडी आउने नाम मध्यका एक हुन् ।
निकेश खड्का ( मैले गरिरहेका भिडियोमा यसलाई केहि फरक बनाउने कोसिस गरेको छु । प्राय रोमान्टिक भिडियो गरिरहेको मैले यसमा कमेडी थपेको छु । यो भिडियो पनि प्रेममै केन्द्रित छ तर प्रस्तुतीकरणमा केहि फरक बनाउने कोसिस गरेको छु । त्यसै अनुसार प्रियंका , आयुष्मान र अनुभवलाई कास्ट गरेको हु ।प्रियंका कार्की , अभिनेत्री ( यो भिडियोमा काम गर्दा मलाइ निकै रमाइलो भयो । मलाइ एकदमै मन पर्ने अनुभव र मेरो जीवनसाथि आयुष म सँग थिए । त्यसो त हामीले हरेक भिडियोमा ईन्जोय गर्छौ तर यसमा आयुष र अनुभवसँगको स्क्रिन शेयरले मलाइ खास बनाएको छ । भिडियो मेरो लागि खास छ ।
दीपक महर्जन , गायक ( मैले गायन यात्रा स्टार ब्रदर्स ब्याण्ड मार्फत आरम्भ गरेको थिए। अहिले ब्याण्ड नभएता पनि आफुलाई यस क्षेत्रमा भने निरन्तर अगाडी बढाई रहेको छु। २०६० सालमा आएको एल्बम फिचर ६३ मा समावेश प्रियसी प्रियतम र २०७३ मा आएको एल्बम डिफरेन्ट टेस्ट को थाहा नै नपाइ गीत झैँ यसलाई यो मनकी उजेलीलाई पनि रुचाउनु हुन्छ भन्ने विश्वास छ।
September 1, 2018 12:23 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।