अनुभवको प्रेमिका प्रियंका माथि आयुष्मानले आँखा लगाएपछि (हेर्नुहोस् भिडियो)
फिल्म ’नाइँ नभन्नु ल’ सेरिज मार्फत आफुलाई स्थापित गरेका कलाकार अनुभव रेग्मी अभिनित गीत ’मनकी उजेली’ सार्वजनिक भएको छ । पछिल्लो रिलिज फिल्म ’नाइँ नभन्नु ल ५’ मार्फत चर्चामा रहेका अनुभवले म्युजिक भिडियोमा पनि प्रियंका कार्कीसँग स्क्रिन शेयर गरेका छन् । भिडियोमा अनुभव र प्रियंकासँगै आयुष्मान डिएस जोशी पनि फिचर्ड छन् । प्रियंकाको माया पाउने प्रयत्न गरिरहेका आयुष्मानको तगारो भने अनुभव बनेका छन् । म्युजिक भिडियोमा अनुभवलाई केहि भिन्न रुपमा प्रस्तुत गरिएको छ । नारायण भण्डारी ’जनकपुरी’ को शब्द र संगीत रहेको गीतमा दीपक महर्जनको स्वर रहेको छ । सुबोल थापाको कोरियोग्राफी रहेको गीतलाई बुद्ध थापाले छायाँकन गरेका हुन् । बिकाश धमलाको सम्पादन रहेको गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् । जिन्दगी रक्स र फाटेको जुत्ताको समेत निर्देशन गरिसकेका निकेश पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा अगाडी आउने नाम मध्यका एक हुन् ।
निकेश खड्का ( मैले गरिरहेका भिडियोमा यसलाई केहि फरक बनाउने कोसिस गरेको छु । प्राय रोमान्टिक भिडियो गरिरहेको मैले यसमा कमेडी थपेको छु । यो भिडियो पनि प्रेममै केन्द्रित छ तर प्रस्तुतीकरणमा केहि फरक बनाउने कोसिस गरेको छु । त्यसै अनुसार प्रियंका , आयुष्मान र अनुभवलाई कास्ट गरेको हु ।प्रियंका कार्की , अभिनेत्री ( यो भिडियोमा काम गर्दा मलाइ निकै रमाइलो भयो । मलाइ एकदमै मन पर्ने अनुभव र मेरो जीवनसाथि आयुष म सँग थिए । त्यसो त हामीले हरेक भिडियोमा ईन्जोय गर्छौ तर यसमा आयुष र अनुभवसँगको स्क्रिन शेयरले मलाइ खास बनाएको छ । भिडियो मेरो लागि खास छ ।
दीपक महर्जन , गायक ( मैले गायन यात्रा स्टार ब्रदर्स ब्याण्ड मार्फत आरम्भ गरेको थिए। अहिले ब्याण्ड नभएता पनि आफुलाई यस क्षेत्रमा भने निरन्तर अगाडी बढाई रहेको छु। २०६० सालमा आएको एल्बम फिचर ६३ मा समावेश प्रियसी प्रियतम र २०७३ मा आएको एल्बम डिफरेन्ट टेस्ट को थाहा नै नपाइ गीत झैँ यसलाई यो मनकी उजेलीलाई पनि रुचाउनु हुन्छ भन्ने विश्वास छ।
September 1, 2018 12:23 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार