जाल्पादेवी महिला उद्धार समूहद्वारा सामाजिक अभियान्ता सरु सम्मानित
पोखरा । सामाजिक अभियान्ता सरस्वती दाहाल अधिकारी ‘सरु’ लाई सम्मान गरिएको छ। महिलामा स्वास्थ्य सचेतना अभियानमा क्रियाशील रहँदै सामाजिक सेवा पु¥याएको भन्दै जाल्पादेवी महिला उद्धार समूहको २० औं वार्षिकोत्सव अवसरमा उनलाई दोसल्ला ओढाउँदै सम्मान पत्र प्रदान गरिएको हो। गण्डकी प्रदेशका उप-सभामुख सिर्जना शर्माले उनलाई सो सम्मान प्रदान गरेकी हुन्। सम्मानित सरु विगत ८ वर्षदेखि दिदीबहिनीलाई स्वास्थ्य क्षेत्रमा सचेतना अभियानसँगै क्यान्सर रोग निदानका उपायबारे जानकारी दिँदै अभियान क्रियाशील छन्। उनी गत साता पनि स्थानीय पत्रकार मञ्चबाट सम्मानित भएकी थिइन्।
कार्यक्रममा पोखरा वडा ८ का वडाध्यक्ष रुद्रनाथ बराललाई पनि सम्मान गरियो। कार्यक्रममा प्रमुख अतिथि उपसभामुख शर्माले महिला घरघरमा सीमित नभई आफ्नो हक अधिकारका लागि अघि बढ्नुपर्ने बताइन्। उनले सम्मानित व्यक्तित्वलाई बधाई दिँदै अझ सफलताको शुभकामना दिइन्।
संस्थाकी अध्यक्ष कान्ति अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्व सरु अधिकारी, वडाध्यक्ष बराल, संस्थापक अध्यक्ष शारदा शर्मा, वीरेन्द्र बिजुक्छे, कृष्णमान ठुसाजु, पार्वता पौडेल, कमला गिरी, पवित्रा केसी, शारदा गिरी, पत्रकार कृष्ण थापा, सुष्मा पौडेल लगायत बोलेका थिए।
संस्थाकी सचिव दुर्गा अधिकारी र कोषाध्यक्ष अमृता गिरीले प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाकी उपाध्यक्ष राधिका थापाले स्वागत गरेको कार्यक्रमको संचालन सचिव दुर्गा अधिकारीले गरेकी थिइन्। जाल्पादेवी पोखराको पुरानो संस्था हो।
September 6, 2018 11:02 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी