सौतेली आमाकै योजनामा दाजुबाट बलात्कारपछि हत्या
भारत, भदौ । सौतेली आमाले आफ्नै छोरा र उनका दुई साथीहरुलाई बलात्कार गर्न लगाएर नौ वर्षीया छोरीको हत्या गरेका छन् । भारत प्रशासित काश्मिरमा सौतेनी आमाले आफ्नै १४ वर्षीय छोरा र १४ र १९ वर्षका छोराका दुई साथीहरुलाई बोलाएर बालिकालाई सामूहिक बलात्कारपछि हत्या गरेरका हुन् । हत्यापछि बालिकाको शव घरबाट करिब एक किलोमिटर टाढाको जंगलमा लगेर गाडेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
बालिका बेपत्ता भएको १२ दिनपछि बाबुले प्रहरीमा उजुरी गरेपछि प्रहरीले बालिकाको खोजी कार्य सुरु गरेको थियो । हत्यामा बालिकाकी सौतेली आमाको हात रहेको अनुसन्धानमा खुलेको छ । प्रहरीले सौतेली आमासहित उनका एक छोरा र छोराका अन्य साथीहरुलाई समेत पक्राउ गरेको छ ।
बालिका २४ अगष्टदेखि बेपत्ता थिइन् । तर घटनाहुने दिन बालिकाकै आमाले उनलार्ई जङ्गलतर्फ लगेको देखेको गाउँलेले देखेको बताएका थिए । ३६ वर्षीया सौतेली आमाले नै बञ्चरोले टाउकोमा हानेर बालिकाको हत्या गर्न लगाएको प्रहरीसमक्ष स्वीकारेको प्रहरीले जनाएको छ । हत्यामा २८ वर्षीय स्थानीयको पनि हात रहेको अनुमान गरिएको छ । उसलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ । महिलासँगै अरु तीन जनाले नै बलात्कार र हत्यामा आफूहरु संलग्न रहेको स्वीकार गरेका छन् ।
September 6, 2018 12:41 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।