सौतेली आमाकै योजनामा दाजुबाट बलात्कारपछि हत्या
भारत, भदौ । सौतेली आमाले आफ्नै छोरा र उनका दुई साथीहरुलाई बलात्कार गर्न लगाएर नौ वर्षीया छोरीको हत्या गरेका छन् । भारत प्रशासित काश्मिरमा सौतेनी आमाले आफ्नै १४ वर्षीय छोरा र १४ र १९ वर्षका छोराका दुई साथीहरुलाई बोलाएर बालिकालाई सामूहिक बलात्कारपछि हत्या गरेरका हुन् । हत्यापछि बालिकाको शव घरबाट करिब एक किलोमिटर टाढाको जंगलमा लगेर गाडेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
बालिका बेपत्ता भएको १२ दिनपछि बाबुले प्रहरीमा उजुरी गरेपछि प्रहरीले बालिकाको खोजी कार्य सुरु गरेको थियो । हत्यामा बालिकाकी सौतेली आमाको हात रहेको अनुसन्धानमा खुलेको छ । प्रहरीले सौतेली आमासहित उनका एक छोरा र छोराका अन्य साथीहरुलाई समेत पक्राउ गरेको छ ।
बालिका २४ अगष्टदेखि बेपत्ता थिइन् । तर घटनाहुने दिन बालिकाकै आमाले उनलार्ई जङ्गलतर्फ लगेको देखेको गाउँलेले देखेको बताएका थिए । ३६ वर्षीया सौतेली आमाले नै बञ्चरोले टाउकोमा हानेर बालिकाको हत्या गर्न लगाएको प्रहरीसमक्ष स्वीकारेको प्रहरीले जनाएको छ । हत्यामा २८ वर्षीय स्थानीयको पनि हात रहेको अनुमान गरिएको छ । उसलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ । महिलासँगै अरु तीन जनाले नै बलात्कार र हत्यामा आफूहरु संलग्न रहेको स्वीकार गरेका छन् ।
September 6, 2018 12:41 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :