रवी लामिछानेको माग : राष्ट्रघाती र बलात्कारी जोगाउनेहरुलाई होइन देशको सीमा र झण्डा बचाउनेलाई सम्मान गरियोस !
राज्यले दिने पदकलाई लिएर धेरै टिका टिप्पणीहरु भइहेका छन् । पदक, सम्मान, विभुषण भनेका सत्कर्मका प्रतिक हुन् । पदक, सम्मानहरु गरिमामय यस कारण मात्र हुन्छन् कि त्यसलाई प्राप्त गर्ने मानिसको योग्यता क्षमता र योगदान विशेष र खास हुनुपर्छ । नत्र फगत धातुको एउटा टुक्रो घाँटीमा थाप्नु र आजिवन घरको भित्तामा टाँस्नुको के अर्थ हुन्छ र ? केही दिन अघि राष्ट्रपतिबाट पदक प्राप्त गर्ने केही व्यक्तिहरुलाई लिएर चर्को टिका टिप्पणीहरु भए । पदक, सम्मान, अर्वाडहरुको अर्को एउटा निर्मम तीतो सत्य पनि छ कि प्रायः नपाउनेले आलोचना गर्छ ।
अर्वाडको हकमा त आफुले नपाउने वित्तिकै धाँदली भयो, पैसामा किनबेच भयो जस्तो रेडिमेड आरोप प्रत्यारोप लाग्ने गर्छन्, तर आज कुरा गर्दैछौं । मुलुकको राष्ट्रपतिको हातबाट प्राप्त हुने मान पदवीहरुको । विभिन्न क्षेत्रबाट यो मुलुकलाई योगदान पु¥याए बापत प्राप्त हुने पदक प्राप्तीमा राजनीतिक सिफारिस चल्ने हो भने यस्ता पदकहरु नबाँडे पनि हुन्छ तर राजनीतिक आस्था र चाकडी नगरिकनै योगदानका आधारमा राष्ट्रसेवकहरुलाई पदक दिने हो भने मात्र यसको गरिमा कायम हुन्छ ।
जुन राजनीतिक दलको सरकार आयो, उसैका वरपरकालाई सिफारिस गरिदिँदा मान पदवीको गरिमा कहाँ पुग्ला ? त्यतिसम्म पनि ठीक छ, तर चरम आलोचनामा परेका, विवादमा परेका, कारवाहीमा परेका मानिसले समेत सत्कर्मीले जस्तो पदक पाउने भएपछि सत्कर्म र कुकर्मकाबीच के फरक भयो र ? क्या भव्य नाम छन् पदक र मान पदविका । नेपाल रत्न, राष्ट्रगौरव, महाउज्वल राष्ट्रदिप, उज्जवल किर्तिमय राष्ट्रदिप, प्रसिद्ध प्रवल जनसेवाश्री सुकिर्तीमय राष्ट्रदिप, सुप्रवल जनसेवाश्री, किर्तीमय राष्ट्रदिप, प्रवल जनसेवाश्री, र जनसेवाश्री ।
गत पुस १६ गते इटहरी स्थित होटेलमा भएको १४ वर्षीया बालिका बलात्कारको घटनाको मुद्धासमेत दर्ता नगरी मिलापत्र गराएको विषयमा निलम्बनमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीलाई जनसेवाश्री पदक मिल्यो । प्रहरीले नै उच्चस्तरिय छानविन समिति गठन गरी ३ महिनासम्म निलम्बन गरेर ग्रेड रोक्का समेत गरेर कारवाही गरेका व्यक्तिको छातीमा टलक्कै टल्किएको तक्माले पदकको गरिमालाई गिज्यायो मात्र होइन गिरायो ।
हैन भने राष्ट्रपति कार्यालयमा अन्य नाम पनि छुटेको हुनुपर्छ । सोही घटनामा निलम्बनमा परेका इन्स्पेक्टरको नामै आएन । एउटा तक्मा त उहाँलाई पनि दिईनु पथ्र्यो । सोही घटनाका लागि वडा अध्यक्ष र अन्य राजनीतिज्ञहरुको नाम सिंगै छुट्यो । निर्मला पन्त हत्या प्रकरणमा प्रमाण नष्ट गर्नेहरुको नामै देखिएन, धाँधली भो । ठीक छ, कमसेकम प्रहरी हिरासतमै मृत्युवरण गर्न विवश भएका वा पारिएका राम मनोहर यादवका दोषीलाई पनि एउटा पदक त दिन सकिन्थ्यो कि ?
यति ठूलो काम गर्न सानो दिमागले पूग्छ ? जागिर थप्न, उमेर ढाँटेका पुर्व न्यायमुर्तीले प्राप्त गरेको प्रसिद्ध प्रवल जनसेवाश्री विभुषण टल्केर आँखा तिर्मिराएको कारण धेरै छुटेका नामहरु भन्न सकिएन तर अरबौंका ठेक्का अलपत्र पार्ने पप्पु कन्सट्रक्शन, सैलुङ कन्सट्रक्शनका मालिकहरुले पनि एक एक वटा पदक पाउनु पथ्र्यो ।
भ्रष्टहरुले मानसम्मान पाउने, बलात्कारी जोगाउनेले छाती फुलाएर तक्मा लगाउने, अपराधीहरु शान र शौकतका साथ जीवन बिताउने, अन्यायीहरु सुशोभित हुने समाजमा जनताले सदैब अपमानित हुनु पर्दछ । राष्ट्र प्रमुखले दिने तक्मा राष्ट्रको गरिमा हो र त्यसता तक्माहरु त्यास्ता छातीमा मात्र टल्किउन जसको छातीमा देश प्रेम अटाई नअटाई भरिएर बसेको होस् ।
छातीभरी राष्ट्रघात, मुटुभरी छलकपट किर्ते जस्ता कुकर्म बोकेकाहरुको लाज, देशले दिने तक्माले छोप्ने प्रयास भविष्यमा नहोस् । राष्ट्रप्रेमी मान्छै कुनै राजनीतिक पार्टीको हुँदैन, सिंगो देशको हुन्छ । राजनीतिक पार्टीको मासु भात पचाउनेलाई होइन देशको सीमा र झण्डा बचाउनेलाई सम्मान गरियोस ताकी सम्मानित हुनेको नाम सुन्ने वित्तिकै श्रद्धाले शिर निुहरियोस्, गर्वले छाती फुलोस् ।
September 7, 2018 11:06 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :