बारामा दलितले ४० वर्षपछि पाए मन्दिरमा प्रवेश
बारा । बारा, सिम्रौनगढको झवानी टोलस्थित शिवपार्वती मन्दिरमा ४० वर्षदेखि प्रवेश गर्न नपाएका दलितहरूले मङ्गलवार पहिलो पटक पूजाआजा गरेका छन्।सर्वपक्षीय छलफलपछि गैरदलितसँगै सामूहिक रूपमा पूजाआजा गर्न पाएपछि दलितहरू निकै हर्षित देखिएका थिए। चालीस वर्षभन्दा लामो पर्खाइपछि मन्दिरमा प्रवेश गर्न पाउँदा औधी खुसी लागेको चमार जातिका मानिसहरूले बताए।
आफ्नै पूर्वजहरूको सक्रियतामा बनाइएको मन्दिरमा पहिलो पटक पूजाआजा गर्न पाउँदा सपना जस्तै लागेको सरस्वती देवीले बताइन्।उनले भनिन्, गैरदलित र दलित सबै मिलेर एकसाथ पूजाआजा गर्यौँ र प्रसाद बाँड्यौँ। निकै खुसी लाग्यो। हाम्रा सन्तानहरू अब हामी जस्तो भेदभाव र छुवाछूतमा बस्नुपर्दैन। सरस्वती देवीजस्तै रामबाबु राम पनि प्रसन्न मुद्रामा देखिन्थे।उनले भने, हामीले मन्दिरमा प्रवेश गर्न पाउँछौँ र पूजापाठ गर्न पाउँछौँ भन्ने कुरा सोचेका पनि थिएनौँ। धेरै खुसी लागिरहेको छ। मन्दिर निर्माण भएदेखि नै त्यहाँका गैरदलितले तल्लो जातिको भन्दै दलितलाई मन्दिर प्रवेश र पूजापाठमा रोक लगाउँदै आएका थिए।
विभिन्न जिल्लाका दलित अगुवा, गाउँका भद्रभलादमी, स्थानीय प्रहरीसहितको सर्वपक्षीय बैठक बसी दलितलाई पनि मन्दिर प्रवेश गराउने सहमतिपत्रमा मङ्गलवार हस्ताक्षर भएको हो।त्यसपछि दलित र गैरदलित मिलेर संयुक्त रूपमा मन्दिर प्रवेश गरी पूजाआजा गर्दै आत्मीयताका साथ प्रसाद समेत ग्रहण गरेको अवधेश सहनीले बताए।
उनले भने, यो भन्दा खुसीको कुरा अरू के हुनसक्छ ? अब आगामी दिनमा पनि हामी मिलेरै पूजाआजा गर्छौँ। दलितहरूलाई पनि मन्दिर प्रवेश गर्ने सम्बन्धमा हस्ताक्षर भएको सहमतिपत्रमा आगामी दिनमा पनि सद्भाव कायम राख्न विभिन्न निर्णयहरू भएको उक्त गाउँका वडाध्यक्ष रमेश कुशवाहले बताए उनले भने, मन्दिरको व्यवस्थापन, छुवाछूत अन्त्य गर्ने र दलितहरूका लागि शौचालय निर्माण गर्ने जस्ता विषयमा पनि सहमति गरेका छौँ।करिब १५० घरधुरी रहेको झवानी टोलमा चमार जातिको १२ घरधुरी छ।बाँकी घरधुरी ब्राम्हण, राजपुत, सहनी, तेली र नुनिया जातिको रहेको छ।
September 13, 2018 10:38 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी