प्रहरी इन्काउन्टरमा मारिएका डन चरीकी प्रेमिकाले पाइन् मलेसियामा अवार्ड !
एशियन फुटबल फेडेरेशन (एएफसी)ले सेल्टर नेपालकी अध्यक्ष खुस्बु ओलीलाई एएफसी ड्रिम अवार्ड–२०१८ प्रदान गरेको छ । बुधबार मलेशियाको क्वालालम्पुरमा एएफसीको सामाजिक उत्तरदायित्वअन्तर्गतको सम्मेलनमा खुस्बुलाई एएफसी ड्रिम अवार्ड प्रदान गरिएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।
एएफसीले प्रत्येक वर्ष तीन विधाअन्तर्गत कर्पोरेट, नन–गभर्नमेन्ट अर्गनाइजेशन र व्यक्तिगततर्फ यो अवार्ड प्रदान गर्दै आइरहेको छ । खुस्बुलाई भने एएफसीले व्यक्तिगत विधाअन्तर्गत अवार्ड प्रदान गरेको हो । यसअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पनि खुस्बुलाई उक्त अवार्डका लागि एएफसीसमक्ष सिफारिश गरेको थियो । सडक बालबालिकाका लागि आश्रय दिँदै आएकी खुस्बुलाई एएफसीको सोसियल रेस्पोन्सिबिलिटी कमिटीका अध्यक्ष अहमद इद एल हर्बीले अवार्ड प्रदान गरेका थिए । खुस्बुलाई अवार्डसँगै १० हजार अमेरिकी डलरसमेत प्रदान गरिएको थियो
खुस्बुले युनाइटेड नेसन्स सस्टेनेबल गोलअन्तर्गत रहेर पछिल्लो समय नेपालको पूर्वी क्षेत्रमा पाँच नमूना गाउँ निर्माण गरिसकेकी छन् । अवार्डपछि खुस्बुले गरीब समुदायमा व्यक्तिगत दक्षतामा विकास गरी समग्र गाउँको सशक्तिकरणका लागि आफूलाई थप उत्प्रेरणा मिलेका बताइन् ।अध्यक्ष खुस्बुले एक हजार सडक बालबालिकालाई फुटबलको माध्यमबाट विभिन्न कार्यक्रमसमेत सञ्चालन गरेकी थिइन् । केही समय अगाडि मात्र सेल्टरको व्यवस्थापनमा सडक बालबालिको राष्ट्रिय फुटबल टोली तयार गरी रुस विश्वकपको दौरान स्ट्रिट चाइल्ड वल्र्डकपमा समेत सहभागी गराइएको थियो । संस्थाले अन्य विभिन्न खेलका माध्यमबाट सडक बालबालिकाको संरक्षण गर्दै आइरहेको छ । खुस्बु प्रहरी इन्काउन्टरमा मारिएका कुख्यात डन दिनेश अधिकारी ‘चरी’को प्रेमिकाको रुपमा चर्चामा आएकी थिइन् ।
September 13, 2018 11:48 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :