जन्मघर पुगेर फर्किएपछि उपेन्द्र देवकोटाको अवस्था के छ ?
शनिबार गोरखास्थित जन्मघर पुगेर फर्किएपछि वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा बोल्न नसक्ने भएका छन् । क्यान्सर पीडित डा. देबकोटाको बाँसबारीको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । शनिबार राति सामाजिक सञ्जाल प्रयोगकर्ताले मृत्युको खबर फैलाएपछि अस्पतालले अनावश्यक विषयका पछि नलाग्न र अस्पतालको आधिकारीक जानकारी लिन आग्रह गर्दै विज्ञप्ति प्रकाशित गरेको थियो ।
सोही दिन डा. देवकोटालाई उनको इच्छाअनुसार गोरखा पुर्याइउको थियो । बेलायतमा लामो उपचार गरेर फर्किएपछि देवकोटा आफैले स्थापना गरेको अस्पतालमा उपचाररत छन् । वैशाख १९ गतेमात्र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा उनले आफू मृत्युशैयामा छटपटाइरहेको बताएका थिए ।
अहिले भने घाटी सुन्निएका कारण उनी बोल्न नसक्ने अवस्थामा छन् । उनको नजिक पुग्दा मानिस चिन्न सके पनि उनले बोलेर भने प्रतिक्रिया दिन नसक्ने अस्पताल स्रोतको दाबी छ ।
June 13, 2018 12:00 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी