Monday 22nd December 2025

बिप्लबले साताे उडाएपछि, वीर बहादुर प्रहरी सहारा लिदै

7 years अगाडी

रोल्पा – सुकिदह गाउँपालिकाबाट, श्रीमतीकाे नाममा गाउँपालिकाकाे नामकरण गराएका वीर बहादुरलाइ यतिबेला अर्को संकट अाईलागेकाे छ । गाउँपालिकालाई भ्रष्टाचारकाे बाटाेमा लिएका वीर बहादुर केसीलाई अाजकाल रुनु र मर्नु भएको छ ।

श्राेतका अनुसार – वीर बहादुर अाजकाल अाफ्नाे अघि र पछि प्रहरी सहित हिड्छन् । उनले सुरक्षाकाे चरम रुपमा दुरुपयोग समेत गरिरहेका छन् । जाबाे गाउँपालिका अध्यक्ष सुरक्षा सहित हिडेकाे देखेर गाउँलेहरु हास्छन् । उनीहरू भन्छन् : देशकै खतम गाउँपालिका यहि हुनेभयाे । प्रहरीकाे सहारा लिनुकाे कारण हाे, उनले गाउँका बिभिन्न बाटाेमा व्यापक भ्रष्टाचार र गाउँपालिकामा कर्मचारी राख्दा अाफ्नै मान्छे राखेको प्रमाण बिप्लब नेतृत्वकाे नेकपाले फेला पारेपछि उनी अत्तलिएर प्रहरी संग हिड्छन् ।

भ्रष्टाचारबाट बच्न वीर बहादुरले साेमबार प्रहरी लगाएर नेकपाका राेल्पा जिल्ला जनसरकार प्रमुख बिश्वकाे घरमा खानतलासी गर्न लगाएपछि, यहाँका सबै जनता अाक्राेषित भएका छन् । वीर बहादुरकाे गलत हर्कत देखेपछि यहाका जनता एकजुट भएर उनलाई नेकपाले जनकारबाही गर्ने बुझेपछि, गाउँपालिका अध्यक्ष वीर बहादुर केसीले प्रहरीकाे सहारा लिनु बाहेक अरु बिकल्प छैन । सुकिदहका जनता भन्छन् : वीर बहादुरलाई हामिहरु माेसाे दलेर तह लगाउने छाै” ।

          September 19, 2018 5:35 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...