गुल्मीमा भेटियो अर्को झमक कुमारीः खुट्टाले लेखेरै उत्कृष्ट विद्यार्थी !
उमेरले उनी १३ वर्षका भएका छन् । उनी कक्ष ५ मा पढ्छन् । जन्मजात उनका दुवै हातका औलाहरु छैनन् । उनका हात बराबर पनि चल्दैनन् खुट्टाको औलाहरुको सहायताले उनले अरु विद्यार्थीहरु भन्दा अझ छिटो र शुद्ध लेख्छन् । सो कक्षाका उनि अब्बल विद्यार्थी हुन् । उनि हुन् गुल्मीको श्रृङ्गा माध्यामिक विद्यालय छत्रकोट–४, श्रृङ्गाका छात्र ऋषिराम कँडेल ।सोही स्थानका लक्ष्मण कँडेलका एक मात्र सन्तान हुन उनि । एक मात्र सन्तान जन्जात अपाङ्ग भएकोमा न बाबुलाई खिन्नता छ न छोरालाई हिनतावोध छ । सपाङ्ग भएर मात्र मानिसहरु सक्षम हुन्छन् भन्नेहरुलाई उनको सक्षमताले स्वतः लोप्पा खुवाई दिन्छ । उनका पिता भन्छन –‘उ जन्मेको २ वर्षसम्म अदुवाको चाको झैं हात खुट्टा एकै ठाउँ भएको गोलो थियो ।
हात खुट्टा छुटाउँन गाह्रो भएपछि त्यही छोरो रुपी चाको बोकेर बनेपाका अस्पतालमा लगेर हात खुट्टा सोझाई दिए र ल्याएँ । अहिले यत्तिको भएकोमा मलाई हर्ष र उसको सक्षमता प्रति गर्व छ ।’ उनले थपे–‘खाना खुवाउन र दिशा पिशाव गराउन मात्रै उसको समास्या हो । घस्रेरै हिडे पनि आफ्नो सबै काम उसले गर्न सक्छ । हामी श्रीमान श्रीमतीलाई पूर्ण बिश्वास र भरोसा छ, उसले धेरै पढेपछि हामीलाई बुढेशकालमा पाल्छ भन्ने कुरामा ।सपाङ्ग सन्तानको अभाव हामीले ठानेका छैनौ । त्यसैले पनि हामीलाई अर्को सन्तानको रहर छैन । सामन्य किशान हुँ तर यति एउटा छोरालाई जतिसम्म सक्छु त्यति मैले पढाएरै छाड्ने छु ।’ त्यस विद्यालयकी शिक्षिका भगवती श्रेष्ठ भन्छिन् ‘उसको पढाई अरु विद्यार्थीहरुको भन्दा एकदम राम्रो छ । कक्षा शिक्षक मित्र प्रशाद कँडेल भन्छन, ‘अरु भन्दा उ बढि एक्टिभ विद्यार्थी हुन् ।’
अरुलाई घोकाउनु पर्छ उसलाई एकचोटी पढाए दिमागमा राखी हाल्छ । विषय बस्तु दिएर लेख्न पठायो भने अरुले भन्दा उसले छिटो बुझाउँछ अक्षर पनि अरुले भन्दा छिटो र शुद्ध लेख्छ । अर्की शिक्षिका सुनिता परियार भन्छिन, ‘उ चित्रकलामा झन अगाडि छन् ।’भविश्यमा उनले चित्रकलामा दखल राख्न सक्छन् । निकै राम्रो चित्रहरु बनाएका उनि प्रधानमन्त्री केपी शर्मा ओली लगायतको क्यारिकेचर पनि गर्ने गर्छन् । प्रधानाध्यापक विकास चन्द्र खरेल भन्छन् ‘अपङ्गता भएर पनि सपाङ्गताले भन्दा बढि उत्कृष्ट ति विद्यार्थी सञ्चार माध्यबाट ओझेलमा परेकै हुन् ।’
उनलाई गाउँपालिका स्तरबाट पनि प्रोत्साहित गर्ने पहल भई रहेको छ । ती बालक भन्छन्, ‘मलाई अपङ्गता भएकोमा हिनता बोध छैन । अरु भन्दा पढाईमा कम पनि छैन । भविश्यमा के बन्ने र कतिसम्म पढ्ने सोच राखेका छौ ? भन्ने प्रश्नमा उनले अहिले केहि नसोचेको बताउँदै आफ्नो भविश्य भविश्यकै हातमा छाडी दिए ।आफुलाई साथीहरुले हेलाको दृष्टिले कहिल्लै नहेरी सबैबाट माया र उत्साह पाएको उनि बताउँछन् । उनलाई त्यस विद्यालयमा गुल्मीको झमक कुमारीका रुपमा लिँदै भोलीका दिनमा कुनै न कुनै क्षेत्रमा उनि जस्तै सक्षम र चर्चित बनाउने गरी अभिभावक र परिवारजनहरु लागि परेका छन् । प्रेम सुनार/न्युज २४ बाट
September 21, 2018 12:10 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।