विदेशमा कमाएको पैसा श्रीमानले अर्कै लिएर भागेपछि श्रीमतीको बिजोग
मनोज थापा-
कुवेत- पाँच वर्ष वैदेशिक रोजगारीमा गएर कमाएको पैसा र घरमा रहेका गरगहना सहित श्रीमानले अर्कै लिएर भागेपछि रामेछापकी बेल माया कार्कीको अहिले बिजोग भएको छ ।
कुवेतमा पाँच वर्ष दुःख गरेर कमाएको १४ लाख रुपैयाँ र घरभित्र रहेका सबै गरगहना लिएर काजी बहादुर कार्की अर्कै श्रीमती लिएर भागे पछी बेल माया बिजोकमा परेकी हुन् ।

पीडित बेल माया कार्की
९ बर्षिय छोराको बाबु रहेका काजी,बेल माया कुवेतबाट नफर्किदै ६ महिना देखी अर्कै श्रीमती लिएर भागेका हुन् । आफुले कमाएको पाँच बर्षको कमाई सबै श्रीमान लाई पठाई दिएको बेल मायाले बताईन । बिहे गरेको ११ बर्ष पछी श्रीमानले अर्कै लिएर हिडे पछी अहिले उनी निकै चिन्तित छिन् । कुवेत आउंदा श्रीमानको सल्लाह अनुसार आएको र २ बर्ष पहिले मात्र नेपाल बाट छुट्टी मनाएर फर्केको बताईन ।

पीडित बेल मायाको श्रीमान काजी बहादुर कार्की
उनी अहिले न्याएको खोजीमा छिन् । उनी दुखेसो पोख्दै भन्छिन कस्लाई भनु ? कहाँ उजुरी गरौँ ? नेपाल जाउँ भने घरमालिकले जान दिदैन । यतिका वर्ष सम्म कमाएको पैसो सबै लगेर अर्कै श्रीमती लिएर हिडे पछी म समस्यामा परेको छु । श्रीमानले अर्कै बिहे गरेको कुरा घर परिवार बाट जानकारी नदिएकोमा घरका परिवार सबैको मिलोमतो भयको उनी आरोप लगाउ छिन् ।
September 23, 2018 5:02 am | Uncategorized,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :