विवाह गर्न नमान्दा यि युवतीमाथि एसिड र छुरा प्रहार
नवलपुरमा एक युवतीमाथि एसिड र छुरा प्रहार भएको छ । एसिड आक्रमणमा परी रौतहटकी किशोरी सम्झना दासको मृत्यु भएको खबर सेलाउन नपाउँदै फेरी एक युवती एसिड आक्रमणमा परेकि हुन् ।कावासोती नगरपालिका वडा नं ९ डण्डा बजारकी २७ वर्षीया बसन्ती परियार भरतपुर अस्पतालमा मृत्युसँग लडिरहेकी छन् । उनको अवस्था गम्भिर रहेको चिकित्सक डा। सुरेश प्रधानले जानकारी दिए । एसिड प्रहारबाट शरीरको करीव २५ प्रतिशत भाग जलेको छ । छुरा प्रहारबाट उनको शरीरमा गम्भीर चोट लागेको छ । उनको दायाँ गालाको हड्डी फुटेको छ ।
देव्रे छातीमा प्रहार भएको चक्कु करङ छेडेर फोक्सोको नजिक पुगेको डा। प्रधानले बताए । अन्य स्थानको घाउ भन्दा यो गम्भिर हेको डा। प्रधानले जानकारी दिए । देव्रे तर्फको पेटमा छुरा प्रहार हुँदा सानो आन्द्रा बाहिर निस्किएको छ । बसन्तीमाथि एसिड प्रहार गर्ने विमल शिर्पालीलाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । उनले प्रहरीसामू अपराध स्वीकार गरेका छन् । प्रारम्भीक बयान दिएका विमलले ‘पूर्वसहमति अनुसार काम नभएकाले’ एसिड प्रहार गरेको बताएका छन् ।
योजनाबद्ध रुपमा बसन्तीमाथि एसिड प्रहार गरेको देखिएको नवलपुरका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए । बिमलले तीजमा भारत जाँदा एसिड किनेर ल्याएका रहेछन् । लामो समयदेखि आफू बसन्तीसँग प्रेम सम्वन्धमा रहेको तर, विवाह गर्न नमान्दा आक्रमण गरेको बिमलको दाबी छ ।
कस्तो छ बसन्तीको अवस्था ? : भरतपुर अस्पतालको आइसीयूको भेन्टिलेटरमा राखेर बसन्तीको उपचार भइरहेको छ । आइतबार ८ बजे आकस्मिक कक्षमा भर्ना भएकी उनको राति नै अप्रेशन गरिएको छ ।सर्जन डा। सुरेश प्रधान, डा। प्रितम गुरूङ, डा। ज्ञानेन्द्र न्यौपानेको टोलीले ३ घण्टा लगाएर बसन्तीको अप्रेशन गरेको हो । उनको दाहिने र देब्रे गालाका दुवैतर्फ एसिडका साथै चक्कु प्रहार भएको पाइएको छ । दायाँ गालाको हड्डी फुटेको छ ।
बिमलले बसन्तीको देव्रेतर्फको पेटमा प्रहार गरेको छुराले सानो आन्द्रा बाहिर आएको थियो । त्यसको अप्रेशन गरिएको डा। प्रधानले बताए ।एसिडले अनुहार, घाँटी, पाखुरा र छातीमा असर गरेको छ । एउटा आँखामा पुरै क्षति भएको जस्तो देखिएको चिकित्सकले बताए । एसिडको असर श्वासप्रश्वासमा पुग्न सक्ने हुँदा समस्या जटिल पनि हुन सक्ने डा। प्रधानले बताए । चिकित्सक डा। प्रधानले भने, ‘अहिले यसै भन्न सकिने अवस्था छैन, अवस्था स्टेबल छ ।’
कसरी भयो घटना ? : बसन्ती परियार र बिमल शिर्पाली छिमेकी हुन् । बसन्तीका एक छोरा र एक छोरी छन् । श्रीमान बैदेशिक रोजगारीको सिलसिलामा लामो समय मलेसियामा थिए ।उनी हालै मात्र नेपाल फर्किएका छन् । आइतबार बसन्तीकी छोरी रितिषा चाउचाउ किन्न जाँदा बिमलले कुटपिट गरे । उनी रुँदै घर फर्किइन् । तर, जिस्काउँदा रोएकी होला भनेर अभिभावकले वास्ता गरेनन् । साँझतिर नजिकैको बजारमा तरकारी किन्न भनेर बसन्ती सँगै बस्दै आएकी मामाकी छोरी अनुलाई लिएर गइन् ।
तरकारी किनेर फर्कंदै गर्दा लुकेर बसेका विमलले पछाडिबाट बसन्तीको कपाल समातेर अनुहारमा एसिड खन्याइदिए । उनी अत्तालिएर छट्पटाउन थालिन् । त्यसपछि बिमलले तरकारी काट्ने चक्कुले बसन्तीको अनुहार, छाती, पेटमा जथाभावी छुरा हाने । अनुले छुट्टाउन खोज्दा उनीमाथि पनि चक्कु प्रहार भएको छ । भरतपुर अस्पतालमा उपचाररत अनुको हातमा ४ वटा टाँका लगाइएको छ ।बसन्तीका श्रीमान यमनारायण र बिमल साथी हुन् । उनीहरुले १२ बर्ष अघि १४ दिनको फरकमा बिहे गरेका थिए । झण्डै उस्तै समयमा उनीहरु विदेश गएका थिए ।
बिमल साउदी अरबबाट ५ महिना अघि नेपाल फर्किए । उनकी श्रीमतीले भने सन्तानसहित माइतमा बस्दै आएकी छन् । श्रीमतीसँग डिभोर्स गर्ने प्रक्रियामा रहेका विमलले आफ्नो श्रीमतीलाई आँखा लगाएर हुनसक्ने यमनारायणले बताए । यही कारण यो घटना भएको पो होकी भन्ने आशंका उनको छ ।बहिनी बसन्तीलाई भेट्न भरतपुर अस्पतालमा आएकी दिदी मिठुले बिमल र आफूहरुबीच नराम्रो केही नभएको बताइन् । ‘आउने जाने त सामान्य कुरा हो, हामी त देवर बाबु भनेर नै बोल्थ्यौं, तर उसले नराम्रो सोचेको रहेछ मिठुले भनिन् । बसन्तीका श्रीमान यमनारायणले विमलमाथि फाँसीको सजाय हुनुपर्ने माग गरेका छन् ।मलाई पैसा वा क्षतिपूर्ति चाहिएको छैन, जति खर्च लाग्छ म नै व्यहोरौंला तर, उसलाई पनि यस्तै गराउनुपर्छ,’ भरतपुर अस्पतालमा रहेका यमनारायणले भने ।
September 25, 2018 11:43 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :