बागलुङका मृगौला पीडित होमबहादुरको उपचार लागि १ लाख ७९ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण
कमल सिंह ठकुरी
काठमाडौं – बागलुङको गल्कोट नगरपालिका वडा नं ५ सर्दाखेतका होमबहादुर मल्ल(कुमार मल्ल)को उपचारका लागि १ लाख ७९ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ।
दुवै मृगौला फेल भइ ६ महिना देखि काठमाडौं स्थित टिचिङ हस्पिटलमा उपचाररत बागलुङ जिल्ला गल्कोट नगरपालिका – ५ सर्दाखेतका स्थायी बासिन्दा लाल बहादुर मल्लको छोरा र शान्ति सिंह मल्लको श्रीमान ३८ बर्षिय होमबहादुर मल्ल(कुमार मल्ल)को परीवार आर्थिक अवस्था अत्यन्तै कमजोर भएको कारणले उपचार गर्न महगो शुल्क तिर्न नसक्ने भएपछि हिमाली संचार अनलाइनबाट समाचार प्रकाशित भएपछि दर्शन सेवा तथा ठकुरी सरक्षण समाज मुसिकोट गुल्मी, ठकुरी हेरिटेज काठमाडौं, ठकुरी सहयोग संजाल युएई, जापान, युके, गल्कोट, कतारका साथै अन्य देशबिदेशबाट प्राप्त सहयोग रकम सोमबार हस्तान्तरण गरिएको होमबहादुर बचाउ अभियानका प्रमुख अभियान्ता सुमेन्द्र सिंहले जानकारी दिए।
उनको अप्रेसनको लागि करिब १२ लाख रुपैयाँ जम्मा गर्नपर्ने अस्पतालले जनाएको छ। आज सम्म जम्मा ११ लाख रकम उठेको थियोे तर औषधि खर्च मात्रै ३ लाख खर्च भईसकेकोले अझै ४ लाख भन्दा बढी नै रकम अपुग भएको कारणले अप्रेसनका लागि समस्या उत्पन्न भएको छ।
उनको जीवन रक्षाका लागी देश तथा बिदेशमा रहेका सबैसबै दयालु मनहरुमा प्रमुख अभियान्ता सिंहले सहयोगका लागि एन.एम.बि.बैंक बुटवल शाखा कार्यालयको होमबहादुर बचाउ अभियानका सहयोगी योग प्रसाद रिजाल र सुमेन्द्र सिंह ठकुरीको नाममा रहेको सयुक्त खाता नम्बर 03321500597050000001 मा रकम जम्मा गरेर सहयोग गरिदिन अनुरोध गरेका छन।
प्रमुख अभियान्ता सिंहले यस अभियानका अभियान्ताको भुमिका निभाईदिएर सहयोग गरेकोमा मेख बहादुर मल्ल ठकुरी र पदम सिंह लगाएत देश तथा बिदेशबाट सहयोग गरि होमबहादुर मल्लको जीवन बचाउ अभियानमा सहयोग गर्नुहुने सबैसबै दयालु मनहरु प्रति विशेष धन्यवाद दिदै आभार प्रकट गरे।
September 26, 2018 3:12 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :