कुवेतमा दुर्गा पुजा एवं दशैँ साँस्कृतिक धमाका कार्यक्रम गरीने
कुवेत – कुवेतमा दुर्गा पुजा एवं दशैँ साँस्कृतिक धमाका कार्यक्रम गरीने भएको छ । लालीगुराँस सास्कृतिक परिवार र अन्तराष्ट्रिय कलाकार मंचले संयुक्त रुपमा दुर्गा पुजा एवं दशैँ साँस्कृतिक धमाका २०१८ को कार्यक्रम आयोजना गरेको हो । आउँदो अक्टुवर १९ मा आयोजना गरिने उक्त कार्यक्रममा स्थानिय कलाकारका साथ दशैँ शुभ-कामना आदान प्रदान दुर्गा पुजा टिका जमरा ग्रहण साथै सांगीतिक कार्यक्रम रहने लालीगुराँस सास्कृतिक परिवारका अध्यक्ष माधब पौडेलले बताएका छन् ।

” हाम्रो सँस्कृति हाम्रो परम्परा” “ मौलिक कला र सांस्कृतिक साथमा कलाकारको जगेर्ना गरौ “ भन्ने मुलनारा लाई आत्मसाथ गरि अगाढी बढेको संस्था लालीगुराँस तथा अन्तराष्ट्रिय कलाकार मंचले स्थापनाकाल देखि नै बिभिन्न चाडपर्वमा कार्यक्रम गर्दै आईरहेका छन् । हिन्दु हरुको मौलिक परम्परालाई जोगाई राख्नको लागी संस्थाले प्रवास बाट राम्रो भुमिका खेलेको छ ।
आयोजकले कुवेतमा क्रियाशील बिभिन्न संघसंस्था समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार, खेलाडी र कलाकार साथीहरुले उक्त दिन कार्यक्रम नजुधाई दिनहुन र कार्यक्रमलाई सफल पार्न सहयोग गरि दिनुहुन सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई हार्दिक अनुरोध समेत गरेको छ ।
कार्यक्रमबारे जानकारी
मिति :- १९ अक्टुवर २०१८ (शुक्रवार )
समय:- बीहान ११ बजेदेखि
स्थान :- राजधानी होटल खैतान
September 26, 2018 4:47 am | प्रवास,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।