Monday 10th November 2025

कुवेतमा दुर्गा पुजा एवं दशैँ साँस्कृतिक धमाका कार्यक्रम गरीने

7 years अगाडी

कुवेत – कुवेतमा दुर्गा पुजा एवं दशैँ साँस्कृतिक धमाका कार्यक्रम गरीने भएको छ  । लालीगुराँस सास्कृतिक परिवार र अन्तराष्ट्रिय कलाकार मंचले संयुक्त रुपमा दुर्गा पुजा एवं दशैँ साँस्कृतिक धमाका २०१८ को कार्यक्रम आयोजना गरेको हो । आउँदो अक्टुवर १९ मा आयोजना गरिने उक्त कार्यक्रममा स्थानिय  कलाकारका साथ दशैँ शुभ-कामना आदान प्रदान दुर्गा पुजा टिका जमरा ग्रहण साथै सांगीतिक कार्यक्रम रहने लालीगुराँस सास्कृतिक परिवारका अध्यक्ष माधब पौडेलले बताएका छन् । 

” हाम्रो सँस्कृति हाम्रो परम्परा” “ मौलिक कला र सांस्कृतिक साथमा कलाकारको जगेर्ना गरौ “ भन्ने मुलनारा लाई आत्मसाथ गरि अगाढी बढेको संस्था लालीगुराँस तथा अन्तराष्ट्रिय कलाकार मंचले स्थापनाकाल देखि नै बिभिन्न चाडपर्वमा कार्यक्रम गर्दै आईरहेका छन् । हिन्दु हरुको मौलिक परम्परालाई जोगाई राख्नको लागी संस्थाले प्रवास बाट राम्रो भुमिका  खेलेको छ । 

आयोजकले  कुवेतमा क्रियाशील बिभिन्न  संघसंस्था समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार, खेलाडी र कलाकार साथीहरुले उक्त दिन कार्यक्रम नजुधाई दिनहुन र कार्यक्रमलाई सफल पार्न   सहयोग गरि दिनुहुन सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई हार्दिक अनुरोध समेत गरेको छ 

कार्यक्रमबारे जानकारी 

मिति :- १९ अक्टुवर २०१८ (शुक्रवार )

समय:- बीहान ११ बजेदेखि

स्थान :- राजधानी होटल खैतान 

          September 26, 2018 4:47 am | प्रवास,समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...