प्रेम सापकोटा सोनुको “ दसैं खर्च ” सार्वजनिक
हरितालिका तीज सकिए लगत्तै अब वडा दसैँ नेपालीहरूको घर अागँन आउँदै छ यसैक्रममा नेपाली गीत सङ्गीतको बजारमा दशैसँग सम्बन्धित रहेका गीत सङगीत दिनप्रतिदिन भित्रिन थाली सकेका छन् । आफ्नो घरपरिवारबाट टाढा रहेका छोरा छोरीहरु घर जान पाउनेहरू हर्षले गदगद भएका छन् तर जो यसपालि पनि घर जान नपाई परदेशमा नै मन अमिलो बनाएर बस्नु परेको छ उनीहरूको मन पक्कै पनि रोइरहेका छ ।
परदेशी भूमिमा भने जस्तो काम र दाम पाउन नसके पछि घर परिवारलाई दसैँ खर्च के पठाउने र कसरी घर जाने यस्तै यथार्थ कथा वस्तुमा तयार परिएको प्रेम सापकोटा सोनुको दसैँ गीत “दसैँ खर्च” भिडियो सहित सार्वजनिक भएको छ । परदेशी भूमिबाट नेपाली गीत सङ्गीतको क्षेत्रमा सक्रिय देखिएका बहुप्रतिभाका धनी गायक प्रेम सापकोटा “सोनु” को शब्द तथा लय सिर्जनामा प्रेम सापकोटा सोनु र देवी घर्तीले आवाज दसैँ खर्च बजारमा आएको छ । यस्तै पछिल्लो समयकी अत्यन्तै व्यस्त निर्देशक स्मृति तिमिल्सीना “गुरूआमा”को निर्देशनमा प्रेम सापकोटा र रमा थपलियाको जीवन्त अभिनय रहेको उक्त म्युजिक भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् । यस्तो छ भिडियो:
September 27, 2018 4:07 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।