निरेम प्रोडक्सन कुवेतले चेपाङ समुदायको लागी कपडाहरु संकलन गर्ने
माधब शाही –
कुवेत- निरेम प्रोडक्सन कुवेतले चेपाङ समुदायको लागी कपडाहरु संकलन गर्ने भएको छ । निरेम प्रोडक्सनकुवेतले कुवेतवासी नेपालीहरु बाट चेपाङ समुदायको लागी लत्ताकपडाहरु संकलन अभियान चलाउने निरेमप्रोडक्सनका संचारकर्मी राज मल्ले बताए ।
कुवेतबाट संचालित निरेम प्रोडक्सनले बिभीन्न समयमा नेपालका अनेकन समस्याहरुमा बिगत देखिनै सक्दो सहयोग गर्दै आएका छ । गास ,बास ,कपासको समस्या भोगी रहेका गरिब तथा पिछडिएका चेपाङ समुदायको लागी गासबास नभए पनि कपासको ब्यबस्था गर्ने संकल्प सहित कुवेतवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहीनिहरु माँझआउने मल्लले बताए ।
को हुन त् ? चेपाङ समुदाय ।
नेपालको अति नै सीमान्तकृत जातिको सूचिमा छैटौं नम्वरमा रहेको जाति हो चेपाङ । जनगणना ०६८ अनुसारनेपालमा ६८ हजार ९६० चेपाङ जातिको जनसंख्या छ । चितवन, धादिङ, मकवानपुर र गोरखाका विकट पहाडीभेगमा बसोबास गर्ने चेपाङ (प्रजा) जातिका आफ्नै दुःख छन् ।
चार महिनाभन्दा बढी खान नपुग्ने, आधारभूत शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता सुविधाबाट वञ्चित बनेको यो जातिकोगिठ्ठा भ्याकुर खोज्नु, माछा मार्नु र शिकार खेल्नु दिनचर्या नै हो । खानेकुरा नपाएर जंगली च्याउ खाँदा परीवार नैसखाप भएका घटनाहरू पनि चितवनमा हुँदै आएका छन् । सानै उमेरमा बिहे गर्ने, बग्रेल्ती सन्तान जन्माउने, अत्यन्तगरीबीका कारण कतिपयलाई शरीर ढाक्ने लुगासमेत नहुँदा निर्वस्त्र बस्नुपर्ने बाध्यता छ ।

कपडाहरु संकलन गरेर चेपाङ समुदाय सम्म पुर्याउन बिगतमा जस्तै यस पटक पनि कुवेतवासी नेपालीहरु लाई सहयोगको लागी निरेम प्रोडक्सन परिवारले अनुरोध गरेको छ । उक्त अभियान १५ अक्टूबर २०१८ बाट सुरु भइ१५ नोभेम्बर २०१८ सम्म चल्ने छ ।
सम्पर्क नम्बर ,
प्रेम जिमि -67601970
राज मल्ल -60067572
रुपेन हमाल – 55027806
September 30, 2018 4:21 am | प्रवास,भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।