फेसबुक ह्याकरको आतंक , ९ करोड प्रयोगकर्ता प्रभावित
सर्वाधिक रुचाईएको सामाजिक संजाल हो फेसबुक । नेपालमा पनि यसको प्रयो कर्ता अत्याधिक रहेको पाईन्छ । तर हाल यस सामाजिक संजालले मासिहरुको होस उडाएको छ । प्राप्त जानकारी अनुसार सोसल मिडिया साइट फेसबुकका झण्डै ९ करोड प्रयोगकर्ता ह्याकरको निसानामा परेका छन् । फेसबुकमा एक गम्भीर सुरक्षा त्रुटी देखापरेको र त्यसबाट ९ करोड प्रयोगकर्ता प्रभावित भएको फेसबुकले शुक्रबार जनाएको छ । यद्यपि, यो समस्या मंगलबार देखिएको र समाधान भैसकेको पनि फेसबुकले जनाएको छ ।ह्याकरहरुले फेसबुकको ख्ष्भध ब्क फिचरको दुरुपयोग गरी प्रयोगकर्ताका डाटा लिक गरिदिएका छन् । फेसबुकको यो फिचरले प्रयोगकर्तालाई आफ्नो प्रोफाइल अरुले हेर्दा कस्तो देखिन्छ भन्ने कुराको प्रारुप देखाइदिन्छ ।
समस्या समाधानका लागि फेसबुकले ९ करोड प्रयोगकर्ताको लगइन रिसेट गरिदिएको छ । जसका कारण ती प्रयोगकर्ताको अकाउन्ट स्वतः लगआउट भएको छ र उनीहरुले पुनः लगइन गर्नुपरेको छ । पछिल्लो वर्षमा भ्यूजएज फिचर प्रयोग गरेका जुनसुकै प्रयोगकर्ताको अकाउन्टको लगइन रिसेट गरिएको हो ।पछिल्लो साइबर हमला कसले र कहाँबाट गरेको भन्ने विषयमा जानकारी प्राप्त भैनसकेको फेसबुकले जनाएको छ ।
पछिल्लो समय साइबर सुरक्षा सम्बन्धी समस्याहरुसँग जुध्दै आएको फेसबुकका लागि यो ह्याकिङ अर्को टाउको दुखाईको विषय बनेको छ । पछिल्लो ह्याकिङको घटनासँगै फेसबुकले अनुसन्धान टुंगोमा नपुगुन्जेल सम्मका लागि भन्दै भ्यूज एज फिचरलाई अस्थायी रुपमा बन्द गर्दैछ । हाल प्रारम्भिक अनुसन्धानको काम भैरहेको र फेसबुकका के कति प्रयोगकर्ताको अकाउन्ट ह्याक भए नभएको विषयमा थाहा भै नसकेको फेसबुकले जनाएको छ । यद्यपि, अहिले समस्या समाधान भइसकेको हुँदा प्रयोगकर्ताहरुले आफ्नो पासवर्ड परिवर्तन गर्नुनपर्ने पनि फेसबुकले बताएको छ ।
September 30, 2018 12:19 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।