मध्यरात बलात्कृत भएर बल्लतल्ल घर पुगेकी ५ वर्षे बालिकाले भनिन् ‘आमा रगत धोइदिनुस्’
रातको २ बजे ५ वर्षकी बालिका रगतै भएर बल्लतल्ल खोच्याउँदै घरमा पुगिन् । उनको निर्ममतापूर्वक बलात्कार गरिएको थियो । ती बालिका शनिबार राती आमासँग सुतिरहेकी थिइन् । सुतिरहेका बेला उनलाई कसैले मध्यरातमा उठाएर लिएर गइ बलात्कार गरेको थियो । जब उनी रुँदै घर फर्किन् त्यसपछि उनका आमाबुवा निकै आत्तिए । बिहान बालिकालाई अस्पताल लिएर गए जहाँ ४ डाक्६रको टिमले २ घण्टासम्म सर्जरी गरे ।
बालिकाको गुप्तांगमा २० टाँका लगाउनुपरेको बताइएको छ । भारतको सुरतको डिंडोलीकी ती बालिकालाई अस्पताल भर्ना गरेपछि प्रहरीलाई खबर गरिएको थियो । बालिकाको गुप्तांगमा ६ इन्च भित्रसम्म घाउ भएको डाक्टरहरुले बताएका छन् । घाउ ठिक हुन डेढ महिना लाग्ने बताइएको छ । पुलिसले शंकास्पद ११ जनालाई हिरासतमा लिएको छ । आमाका अनुसार राती २ बजे सबैजना सुतेका थिए । त्यसपछि उनी पनि निदाइन् । राती २ बजे बालिका रुँदै आइन् । रगत बगिरहेको देखेपछि आमाले सोध्दा बालिकाले भनिन् ‘अंकलले लिएर जानुभएको थियो । उहाँले २ रुपियाँ पनि दिनुभएको थियो । तर, पैसा भने खै कता खस्यो ।’ बालिकाले आमालाई रगत धोइदिन पठाएकी थिइन् ।
बालिकाको अपरेशन गर्ने डाक्टरको टोलीको नेतृत्व गर्ने डाक्टर ध्वनी देसाइका अनुसार बालिकाको गुप्तांगमा निकै गहिरो घाउ छ । एनेस्थेसिया दिएपछि पूरा जाँच गर्दा थाहा भयो कि अपरेशनबिना उपचार सम्भव छैन । उनलाई भर्ना गरिएको छ । घाउ चरिन कम्तीमा डेढ महिना लाग्नेछ । बालिकाकी आमाका अनुसार बालिकाले भनेका कुराले उनी बलात्कारीलाई चिन्छिन् भन्ने बुझिन्छ । यद्यपि बालिकाको अवस्था निकै गम्भीर भएका कारण उनी बलात्कारीबारे केही बताउन सकिरहेकी छैनन् । यदि बलात्कारीलाई उनका अगाडि ल्याउने हो भने उनले चिन्न सक्ने प्रहरीको अनुमान छ ।
बालिकाका पिताका अनुसार उनी कुनै अन्जान व्यक्तिसँग कहिल्यै जान्नन् । यही कारण बलात्कारी चिनेजानेको व्यक्ति नै हुनुपर्छ । बालिकाकी आमाका अनुसार राती करिब २ बजे बालिका रुँदै लडखडाउँदै घर आएकी थिइन् । उनको गुप्तांगबाट रगत बगिरहेको थियो । उनले भनिन् ‘आमा रगत धोइदिनुस् ।’ बालिकाको हालत देखेर आमाको मुटु काँपेको थियो । बालिकाले अंकलले लिएर गएको भने पनि कुन अंकल भन्न सकेकी छैनन् । प्रहरीले ५ टिम बनाएर प्राप्त सुरागका आधारमा आरोपीको खोजी गरिरहेको जनाएको छ ।
October 2, 2018 3:56 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।