चितवनमा १० देशका कुखुरा विज्ञको सम्मेलन चितवनमा
चितवन – चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा अन्तर्राष्ट्रिय पोल्ट्री(कुखुरा) विज्ञहरुको सम्मेलन हुने भएको छ । कात्तिक ११ गतेदेखि १३ गतेसम्म हुने कृषि तथा वनविज्ञान विश्वविद्यालय परिसरमा हुने सम्मेलनमा विभिन्न १० देशका पोल्ट्री(कुखुरा) सम्बन्धी विज्ञहरूको सहभागिता आयोजकले बताएका छन् । विश्वविद्यालयले (आज)विहीबार भरतपुरमा पत्रकार सम्मेलन गरी नेपालमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रियस्तरको पोल्ट्री सम्मेलनमा नेपाल, भारत, जापान, अष्ट्रेलिया, जर्मनी, बंगलादेश, इजिप्ट, अमेरीका र भुटान १० देशका १ सय १० भन्दा बढी वैज्ञानिकहरुको सहभागिता रहने आयोजक समितिको अध्यक्ष प्राडा शारदा थपलियाले जानकारी दिनुभयो ।
सम्मेलनमा नेपालका कुखुरा उद्योगहरु, व्यवसायीक किसानहरुसहित यो क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुको सहभागीता रहने जानकारी दिदै उहाँले कुखुरा उत्पादन र व्यवस्थापन, अध्ययन, अनुसन्धान, प्रविधि विकासका विषयमा अध्ययन अनुसान्धानका विषयमा छलफल हुने डा थपलियाले जानकारी दिनुभयो । ‘खाद्य स्वच्छता र सुरक्षाको लागि पोल्ट्रीको माग परिपूर्ति’ भन्ने मूल नाराका साथ हुन लागेको सम्मेलनमा १७ वटा विषेश आमन्त्रित, ३३ वटा मौखिक र ६२ वटा पोष्टरसहितको कार्यपत्र प्रस्तुत गरिने जानकारी दिँदै डा. शारदा थपलियाले सम्मेलनमा उत्कृष्ट हुने कार्यपत्र पोष्टरहरुलाई पुरस्कृत गर्ने पनि कार्यक्रम रहेको बताउनुभयो ।
सम्मेलनमा सम्मेलनमा भाग लिन भारतीय पोल्ट्री साइन्स एसोसिएसनका उपाध्यक्ष प्रा.डा देवेन सापकोटा, जापनिज पोल्ट्री साइन्स एसोसिएसनका उपाध्यक्ष डा. नाओकी गोतो, पोल्ट्री अनुसन्धान फाउन्डेसन, अष्ट्रेलियाका निर्देशक पिटर गु्रभ्स, भारतीय कृषि अनुसन्धान परिषदरकेन्द्रिय कुखुरा अनुसन्धान संस्थानका निर्देशक एस.सी. गिरी लगायत विदेशी वैज्ञानिकहरूको सहभागिता रहनेछ विश्वविद्यालयका उपकुलपति प्रा.डा. इश्वरीप्रसाद ढकालले कुखुरा पालन क्षेत्रमा सरकारी र नीजि क्षेत्रको लागि यो सम्मेलन ज्ञान आदान–प्रदान गर्नका लागि महत्वपूर्ण हुने बताउनुभयो । सम्मेलनमा विभिन्न देशमा पोल्ट्रिसम्बन्धी भैरहेका अनुसन्धान हाल देखिएका समस्याका विषय गहन छलफल हुनेभएकाले सबैका लागि फलदायी हुने बताउनुभयो ।
देशको कुल मासु उत्पादनको करिब १७ दशमलव २ प्रतिशत हिस्सा पोल्ट्री क्षेत्रले ओगटेको छ । नेपालको कुल ग्रार्हस्थ उत्पादनको करिब ४ प्रतिशत र कुल कृषि गार्हस्थ उत्पादनको करिब ८ प्रतिशत हिस्सा पोल्ट्री क्षेत्रले ओगटेको छ । नेपालको व्यवसायिक कुखुरापालनबाट राज्यले वार्षिक ३३ अर्ब ७२ करोड आर्थिक उपार्जन गरिरहेको तथ्यांक रहेको छ । पोल्ट्रि क्षेत्रमा करिब १ लाख ५० हजार प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाएका छन् । पशु सेवा विभागको सन् २०१७ को तथ्याङ्क अनुसार नेपालमा करिब ७ करोड कुखुरा रहेको पाइन्छ ।
पोल्ट्रीमा नेपाल आत्मनिर्भर भए पनि दाना तथा औषधिमा भने परनिर्भर हुने अवस्था रहेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. तिलचन्द्र भट्टराईले बताउनुभयो । वार्षिक १६ अर्ब बराबरको कच्चा पर्दाथ र त्यसमा ७० प्रतिशत हिस्सा मकैं विदेशबाट आयात गर्नुपरेको उहाँले बताउनुभयो । यस्ता सम्मेलनले कुखुरापालन व्यवसायमा रहेका निजी क्षेत्रलाई सहयोग पुग्ने बताउनुभयो ।
October 4, 2018 1:18 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी