Monday 22nd December 2025

हेर्नुहोस छोराले पहिले मोटरसाइकलमा लगे, त्यसपछि जिउँदै झाडीमा फाले, बाबुको तड्पिदै गयो ज्यान !

7 years अगाडी

नगराइन नगरपालिकास्थित बेहरा गाउँका एक युवकले आफ्नो ७० वर्षीय बाबु रामचन्द्र महतोलाई झाडीमा फाल्दा उनको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अरुण कुशवाहाका अनुसार रामचन्द्रका पाँच छोरा छन्। एक छोराले मोटरसाइकलमा राखेर ६ दिन अगाडि नै घरबाट करीब ३५ किलोमिटर दूरीमा पर्ने बटेश्वर गाउँपालिका र मिथिला नगरपालिकाको सिमानामा पर्ने बेलाचापीस्थित झाडीमा फालेका थिए।

एकछिनमा आउँछु भनेको छोरो फर्केर नआएको र बुधबार अचानक उनको मृत्यु भएको प्रहरी निरीक्षक कुशवाहाले बताए। रामचन्द्रको मृत्यु भएपछि फुलगामा चौकीसँग सहकार्य गरेर अनुसन्धान अगाडि बढाइएको जानकारी दिए। “बुबालाई झाडीमा फाल्ने छोरो कुन हो भन्ने पत्ता लागेको छैन, अनुसन्धान गरिरहेका छौँ”, उनले भने, “पहिचान खुल्ने बित्तिकै नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाउँछौँ।”

          October 6, 2018 12:35 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...