फेसबुकमा महिलाको नग्न फोटो सार्वजनिक गर्ने २० वर्षीय दिवश पक्राउ
फेसबुकमा महिलाको नग्न फोटो सार्वजनिक गर्ने २० वर्षीय दिवश कामतलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–१० का दिवश कामतले महिलाको नग्न फोटो फेसबुकमा सार्वजनिक गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । कामतले फेसबुकको फेक आइडी बनाएर त्यसमार्फत केही समय अघिदेखि महिला साथीसँग कुरा गर्दै आएका थिए । च्याटकै क्रममा उनले महिलासँग अनैतिक सम्बन्धका लागि दबाव दिन थाले । महिला त्यसको लागि तयार नभएपछि उनको नग्न तस्बिर सार्वजनिक गरिदिएको बुझिएको छ ।
पीडित महिलाले कामत विरुद्ध प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाहीले बताउनुभयो । कामत विरुद्ध साइबर क्राइमअन्र्तगत मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । अघिल्लो साता मात्रै धनुषा प्रहरीले धनुषाको मिथिलाबिहारी नगरपालिका–३ का ३४ वर्षीय ब्रह्मदेव पण्डितलाई अवैद्य रुपमा इन्टरनेट सञ्चालन गरेको आरोपमा पक्राउ गरेको थियो ।
October 7, 2018 10:42 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।