विश्वकप फुटबलः आयोजक रसियाको शानदार सुरुवात
काठमाडौँः २१ औँ सस्ंकरणको विश्वकप फुटबल प्रतियोागिता अन्तरगत बिहीबार राति भएको उद्घाटन खेलमा आयोजक रसियाले शानदार सुरुवात गरेको छ ।
लुझ्न्की स्टेडियममा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसहित विश्वका विभिन्न नेताको उपस्थितिमा भएको खेलमा रसियाले साउदी अरेबियालाई ५–० गोलअन्रतले पराजित गरेको हो ।
समूह ए को पहिलो खेलमा रसियाले साउदी अरेबियामाथि गोलबर्षा गर्ने क्रममा पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल गर्यो ।
उसका लागि पहिलो गोल खेलको १२ औँ मिनेटमा युरी गाजिन्सकीले हेडमार्फत् गरेका थिए । अधिकांश घरेलु दर्शकले भरिएको मैदानमा देशका लागि तथा यो विश्वकपमा समेत गाजिन्सकीले पहिलो गोल गर्दै नयाँ रेकर्ड बनाए ।
त्यसपछि खेलको ४३ औँ मिनेटमा डेनिस चेरय्स्भले रोमान जोबिनको पासमा गोल गर्दै अग्रता २–० मा पुर्याए । रसियाले दोस्रो हाफमा ३ गोल थप्यो। उसले दोस्रो हाफको इनजुरी टाइममाा दुई गोल गर्न सफल भयो । पहिलो हाफमा २ गोल गरेर उत्साहित रसियाले खेलको ७१ औँ मिनेटमा अर्को गोल थप्यो । उसका लागि एर्टेम ज्युबाले हेडबाट गोल गर्दै अग्रता ३–० मा पुर्याए ।
त्यसपछि रसियाले इन्जुरी टाइमा दुई गोल गर्यो । लगालग गोल खाएर निराश एसियाली मुलुक साउदी अरेबियालाई अस्तब्यस्त बनाउँदै रसियाले खेलको इन्जुरी टाइमको पहिलो मिनेटमा अर्को गोल थप्दै अग्रता ४–० बनायो । यो पटक डेनिस चेरिसेभले व्यक्तिगत दोस्रो गोल गरे ।
यतिमा रसिया रोकिने सुरमा थिए । उसका लागि खेलको अतिरिक्ति समयको पाँचौ मिनेमा अलेक्जेन्डर ग्लोभिनले गोल गरेपछि रसियाले साउदीलाई फराकिलो अन्तरले पराजित गरेन मात्रै समूह ए मा तीन अंक पनि बटुल्यो ।
बलिया प्रतिस्पर्धी मानिएका उरुग्वे र इजिप्ट समेत रहेको यो समूहको उद्घाटन खेलमा शानदार प्रदर्शन गरेपछि रसियाको मनोबल पनि उच्च भएको छ ।
June 15, 2018 12:24 am | खेलकुद,टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :